समाचार

चियासम्बन्धी रणनीतिक योजना बनाउन तालिम

२०७४ मङ्सिर ८ शुक्रबार गते ०७:५४ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, ८ मङ्सिर 

सहकारी संस्थाहरूलाई चियाको उत्तरदायी ब्यवसाय सञ्चालन गर्नका लागि रणनीतिक कार्ययोजना निर्माण गराउन त्यससम्बन्धी तालिम दिन थालिएको छ । 
इलाममा कार्यालय रहेको केन्द्रीय चिया उत्पादक सहकारी संघ लिमिटेडले सञ्चालन गरेको तालिममा उन्नति समावेशी बृद्धि परियोजना सञ्चालन भएका पूर्वी पहाडका सात जिल्लाका ६० वटा सहकारी संस्थाबाट प्रतिनिधित्व रहेको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को सहयोगमा भइरहेको सो तालिम दुई दिनका दरले तीन चरणमा सञ्चालन गरिने आयोजक संस्थाका महासचिव रविन राईले सन्दकपुर दैनिकलाई जानकारी दिएका छन् । ‘बिहीबारदेखि मङ्गलबारसम्म तीनवटा तालिम सञ्चालन गरिनेछ’, उनले भने, ‘शुरुका दुई दिन इलाम, पाँचथर, तेह«थुम र संखुवासभाका बीस सहकारीका प्रतिनिधी रहनुहुन्छ । त्यस्तै अरु दुई दई दिन बीस बीस जनाको दरले सातवटै जिल्लाका समेटिनेछ ।’
चिया क्षेत्रमा काम गरिरहेका सहकारी संस्थाहरूले आप्mनो ब्यवसायलाई उत्तरदायी बनाउँदै दीगो र नाफामूलक बनाउन भनेर उनीहरूलाई रणनीतिक योजना बनाउन तालिम दिइएको संघका अध्यक्ष गोविन्द दहालले बताए ।
तालिममा ऋषि कोइराला र सुदृढ चापागाईले सहजीकरण गर्दैछन् । अध्यक्ष दहालको सभापतित्वमा सम्पन्न तालिम उद्घाटन समारोहका क्रममा नेपाल पत्रकार महासंघ इलाम शाखाकी अध्यक्ष कोकिला ढकालले पनि मन्तब्य राखेकी थिइन् । 
तालिम पछि सहकारीले योजना तयार गरेर योजनाअनुसार काम अगाडि बढाउँदा ब्यवसायलाई अझ सुदृढ बनाउन सकिने जनाइएको छ ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...