समाचार

फाल्गुनन्द जयन्तीमा देउमाई नपाको पञ्चमीमा भलिबल

२०७४ कार्तिक २६ आइतबार गते ०७:३८ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २६ कात्तिक 

फाल्गुनन्द जयन्तीमा देउमाई नगरपालिकाको वडा नम्बर ७ स्थित खान्द्रुङ माध्यमिक विद्यालयमा भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । 
खान्द्रुङ माविमा सम्पन्न खेलमा सातवटा टीमले सहभागिता जनाएका थिए । खान्द्रुङ माविका प्रधानाध्यापक काजीमान एक्तेनका अनुसार फाल्गुनन्द माङ्हिम परिवार र किराँत याक्थुम चुम्लुङ सिद्धिथुम्काको संयुक्त आयोजनामा उक्त प्रतियोगिता भएको हो । प्रतियोगितामा आयोजककै टीमहरु साविक सिद्धिथुम्का ६ ए विजेता र सिद्धिथुम्का ६ बी उपविजेता बनेका छन् ।
विजेता टीमलाई एक हजार पाँचसय रुपैयाँ प्रथम पुरस्कार प्रदान गरिएको थियो भने उपविजेता टीमलाई एकहजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । विजेता र उपविजेतालाई ट्रफि, मेडल र प्रमाण पत्र पनि प्रदान गरिएको प्रधानाध्यापक एक्तेनले जानकारी दिए । 
सो अवसरमा फाल्गुनन्द माङ्हिमबाट निस्केको ¥यालीले खान्द्रुङ माविमा पुगी साँस्कृतिक कार्यक्रम प्रदर्शन गरेको थियो । 
फाल्गुनन्द माङ्हिम परिवारका अध्यक्ष टुलबहादुर एक्तेनको अध्यक्षता र देउमाई नगरपालिका ७ का वडाध्यक्ष भक्तबहादुर एक्तेनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...