space for add
space for add

समाचार

मेरो उद्योगमा १७ जनालाई रोजगारी दिएको छु : दाहाल

२०७४ मङ्सिर ८ शुक्रबार गते ११:५१ मा प्रकाशित

भगीरथ भण्डारी​
इलाम नगरपालिका १ साँखेजुङमा रहेको ग्रिनहिल अर्थोडक्स चिया कारखानाले अर्गानिक अर्थोडक्स चिया उत्पादन गरेर देश तथा बिदेशका बजारमा बिक्री गर्दै आएको छ । यस कारखानाका सञ्चालक टंक दाहाल अर्गानिक अर्थोडक्स चिया उत्पादन गर्ने उत्कृष्ट उद्यमीको रुपमा पुरस्कृत पनि बनिसकेका छन् । दाहालसँग सन्दकपुर दौनिकका भगीरथ भण्डारीले गरिएको कुराकनीः
 
प्रश्नः आज भोलि दिनहरू कसरी अघि बढाइरहनु भएको छ ? 
उत्तरः चिया खेती र चिया कारखाना सञ्चालनमा आप्mनो दैनिकी अगाडि बढाइरहेको छु ।
प्रश्नः तपाइँ चिया खेतीमा किन आकर्षित हुनुभयो ?
उत्तरः आप्mनै चिया बगान भएको र खेतीबाट नै जिवन निर्बाह रहने हुँदा खेतीमा आकर्षित भहेको हुँ । अन्य किसानलाई पनि आकर्षित बनाउन गाउँमा नै चिया प्रशोधन कारखाना सच्चालन गर्दै आएको छु ।
प्रश्नः तपाइँको कारखानामा कुन–कुन चिया उत्पादन हुन्छ ?
उत्तरः अर्गानिक चिया, ब्ल्याक टी, ह्वाइट टी, गोल्डेन टी, ग्रिन टी जस्ता चियाहरू उत्पादन गर्छु ।
प्रश्नः तपाइँको कारखानामा कति जनालाई रोजगारी दिनु भाछ ?
उत्तरः कारखानाभित्र काम गर्न १२ जना र ४० रोपनी जमिनमा रहेको चिया बगानमा पाँच जना गरि जम्मा १७ जनाले रोजगारी पाइरहेका छन् ।
प्रश्नः कारखानामा कति किसानकोे चिया आउने गरेको छ ?
उत्तरः साँखेजुङका १०० जना किसानहरूको अर्गानिक चिया आउने गरेको छ ।
प्रश्नः कारखानामा चिया ल्याउने किसानलाई के–के सुविधा दिनु भएको छ ?
उत्तरः अन्य कारखानाको तुलनामा सेवा सुविधा बढी र चियाको पत्ति कारखानासम्म ल्याउँदा प्रति किलो तीन रुपैयाँ ढुवानी खर्चसहित चियाको वर्गीकरणको आधारमा ४५ देखि ५५ रुपैयाँ प्रतिकिलोले हरियो पत्ति लिने गरेको छु ।
प्रश्नः कारखानामा उत्पादन भएको चिया कुन ठाउँका बिक्री हुने गरेको छ ?
उत्तरः उत्पदित चिया नेपाल, भारत, जर्मन, अमोरिका जाँदैछ ।
प्रश्नः किसानलाई खेतीप्रति कसरी आकर्षित गर्नुहुँदै छ ?
उत्तरः बिषादी लगाउने किसानलाई अर्गानिक चिया बनाएबापत पुरस्कृत गर्न र चियालाई ग्रेडिङका लागि आग्रह गर्छु ।
प्रश्नः ब्यावसायीबाट अगाडि बढ्दै गर्दा अगामी लक्ष्य के राख्नु भएको छ ?
उत्तरः चियालाई विश्व बजारसम्म चिनाउने, पु¥याउने र नेपालीलाई पनि खेतीमा आकर्षित गर्ने लक्ष्य राखेको छु ।
प्रश्नः चिया प्रशोधनका लागि कति लगानी गर्नु भएको छ ?
उत्तरः मेशिन खरिद र भवन निर्माण गर्दा दुई करोड पचास लाख लगानी गरेर अगाडि बढिरहेको छु ।
प्रश्नः यसवर्ष इलाम नगरपालिकाले सफल उद्यमी भनेर सम्मानित गर्दा तपाइँलाई कस्तो अनुभव भएको छ ?
उत्तरः चिया क्षेत्रको लगनशिलतालाई सम्मान गरोकोमा खुसी छु । आगामी दिनमा व्यवसाय विकास गर्ने र किसानलाई सहयोग गर्ने साथै आप्mनो कारखानामा चिया ल्याउने कृषकमध्येबाट व्यावसायिक कृषकलाई सम्मान गर्दै अगाडि बढनेछु ।
प्रश्नः तपाइँको व्यावसायलाई प्रवद्र्धन गर्न उन्नती समाबेशी बृद्धि परियोजनाले गरेको सहयोगबाट के गर्नुभयो ?
उत्तरः उन्नतीले गरेको सहयोगबाट प्रशोधनका लागि ठूला मेशिन खरिद र भवन निमार्णमा सहयोग पुगेको र कृषकलाई खेती गर्न तालिम दिएको छु ।
प्रश्नः अन्त्यमा तपाइँलाई केही भन्न मन लागेको छ ?
उत्तरः चिया बजारीकरण, विद्युत, बाटो जस्ता समस्याको समाधान गर्न स्थनीय सरकारले सहयोग पु¥याओस् ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...