space for add
space for add

समाचार

जनतालाई आर्थिक सम्बृद्धि चाहिएको छ

२०७४ कार्तिक २३ बिहिबार गते ०७:४३ मा प्रकाशित

बहुदलीय पद्दतिमा चुनाव अगाडि दलहरूले जारी गर्ने घोषणापत्र जनताको विश्वास जित्न प्रचार गरिने झुठोपत्र मात्रै होइन । दलहरूले सत्तामा पुगेको खण्डमा वा तपाइँहरूले मेरो वा हाम्रो दललाई समर्थन गरेर भोट दिई विजयी बनाउनु भएमा यी कामहरू सत्तामा बसेर हामी पूरा गर्ने छौँ भनी जनतालाई लिखित जानकारी दिने माध्यम हो ।  दलहरूले चुनावको लागि गर्ने प्रतिष्पर्धा देश र जनताको भलाइका लागि हो । समयसापेक्ष र जनतामा माग एवम् आवश्यकताहरू परिपूर्ति गर्ने प्रतिबद्धता चुनावी घोषणापत्रमा गरिएको हुन्छ । जनताले यही अध्ययन गर्छन् र मतदानको निर्णय गर्छन् । घोषणपत्र काल्पनिक र आरोपित हुँदैनन् । राष्ट्रिय धरातलको वास्तविकतामा सम्भावित बिषय पूरा गर्ने दल वा उमेदवारको प्रतिबद्धता हो ।
नेपाली कति मतदाताले दलका घोषणापत्रमा बिश्वास गरेर मतदान गर्छन् ? यसको कुनै लेखाजोखा छैन । घोषणापत्रमा उल्लेख भएका कुरा पूरा नभएको भनेर कहीँ कसैले दललाई औपचारिक वा अनौपचारिक रूपले आलोचना गरेको वा यस्ता दललाई मन नपराएको अवस्था नेपालको बहुदलीय इतिहासमा पाइएको पनि छैन । दलका घोषणापत्रहरू दलका कर्मकाण्डी प्रकृयाभित्र रहने गरेका छन् र एकले अर्काका प्रतिबद्धताको खण्डन गरेर लोकप्रिय बन्ने दस्तावेज बन्ने गरेका छन् । सबै जसो मतदाता चुनावको बेला भेट्न नआउने नेतालाई मत दिँदैनन् । मत मागेको भरमा दिइने होइन बुझेर दिनु पर्छ भन्ने चलन नेपालमा आएको छैन । जनता मुख्य दलहरूको नजरमा छन् । एमाले(हाल गठबन्धन) र नेपाली काङ्ग्रेसका घोषणापत्रहरूमा समुन्नत राष्ट्रको स्तरमा पुर्याउने आर्थिक विकासका योजना उद्घोष गरेर उनीहरूले साँच्चै नयाँ नेपालको तस्बिर भने देखाएका छन् तर अघाएकोले डाँडापारी खाने प्रस्ताव जस्तो । 
घोषणापत्रमार्फत वाम गठबन्धनले काङ्ग्रेसको घोषणापत्रमा अघि सारिएको आरोपको नाराबिरुद्ध सम्बृद्धिको नारा प्रस्तुत गरेको छ ।  अर्कोतिर काङ्ग्रेसले वाम गठबन्धनको विजय भए अधिनायकवादको सुरुवात हुने गम्भीर आरोपलाई मूल नारा बनाएको छ । त्यसैले प्रचारप्रसारको रौनक बढ्दै जाँदा नयाँ संविधानअनुसार पहिलो पटक हुन लागेको सङ्घीय र प्रादेशिक चुनावहरू दावी, सपना वा योजना र आरोप वा इष्र्याबीचको प्रतिस्पर्धामा परिणत हुन लागेजस्तो देखिंँदैछ ।
जसरी मतदाता लोकतान्त्रिक र वाम गठबन्धनको पक्ष वा विपक्षमा उभिएका छन्, जसरी सबैजसो दल एमाले र काङ्ग्रेसको कित्तामा विभाजित भएका छन्, त्यसैगरी नेपाललाई आर्थिक विकास र सम्बृद्धिको बाटोमा र्डोयाउने सपना मातहतका मूर्त योजना र खाकाका विषयमा बृहत् विमर्शको आँधी हुरी चल्नुपथ्र्याे । 
काङ्ग्रेसले लोकतन्त्रको रक्षा गर्ने मूल नारालाई प्रमुखता प्रदान गरेको छ भने त्यसपछि मात्र आर्थिक सम्बृद्धिको कुरा उठाएको छ । द्रुततर आर्थिक विकास भएन भने लोकतन्त्र या साम्यवाद नै किन नहोस् नेपाली राजनीति अन्योलमै रहने छ । युगौँ नेपालीहरू गरिब भनेर चिनिएका छौँ र प्रजातन्त्र आएको, फेरि आएको र फेरि परिमार्जित भएका कालखण्डहरूमा जनता जहीँको त्यहीँ छन् । राजनीतिक स्थायित्व, विकास र सम्बृद्धि अहिलेका आकर्षक नारा हुन् भन्नेमा कुनै द्विविधा छैन । निश्चय पनि यस्तो नारा अघि सार्नेहरू कति इमान्दार छन् त भन्ने प्रश्न जोसुकैले उठाउन सक्छ । अनि यस्ता नाराका साथ भोट माग्नेहरूले आफ्नो सपना र योजना जनतासमक्ष राख्न पनि पाउँछन् ।
निश्चय पनि लोकतान्त्रिक मूल्य, मान्यता र राज्य सञ्चालनमा लोकतान्त्रिक सिद्धान्तहरूको पूर्ण बहाली आजका नेपाली मतदाताको अभिष्ट हो । कैयन् कष्टकर कालखण्डको नेपाली जनताले यही विश्वास र धैर्यका साथ सामना गरेका हुन् । पटक–पटको राजनीतिक परिवर्तनलाई नियाल्दै आएका नेपाली जनता संविधानसभाबाट निर्माण गरिएको संविधानअनुसारको निर्वाचनमा भाग लिंँदैछन् केवल समृद्धिको विश्वासमा ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...