समाचार

सिजन सकिएसँगै मागअनुसारको चिया उत्पादनमा कमी

२०७४ कार्तिक २३ बिहिबार गते ०७:२९ मा प्रकाशित

भगीरथ भण्डारी
इलाम, २३ कात्तिक

 चियाको सिजन सकिँदै गर्दा उत्पादन हुने चिया बिदेशमा माग अनुसार पुर्याउन नसकिएको चिया ब्यवसायीहरुले बताएका छन् । 
इलाम नगरपालिका वडा नम्बर २ मा सञ्चालन भइरहेको जस्वीरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले माग अनुसार चिया उत्पादन हुन नसकेको बताएका छन् । 
चियाको सिजनको समयमा कारखानामा दैनिक ५०० किलो मात्र हरियो पत्ती आउने गरेको सुब्बाले जानकारी दिएका छन् । उनका अनुसार सिजन सकिएसँगै दैनिक एक सय किलो मात्र चियापत्ती आउने गरेको छ । 
कारखानाले २५ प्रकारका चिया उत्पादन गर्दै आएको छ । कारखानामा उलन, ह्वाइट र ब्ल्याक चिया धेरै उत्पादन गरिने कारखानाको भनाई छ । कारखानाले उत्पादन गरेको चिया चीन र युरोपियन मुलुकमा जाने गरेको छ । 
उक्त कारखानामा इलामका ब्यवसायीले माग गरेपनि बाह्य मुलुकको माग अनुसार पुर्याउन  नसकेको हुँदा स्थानीय ब्यवसायीले पाएका छैनन् । कारखानाले अर्डर अनुसार मात्र चिया उत्पादन गर्ने गरेको सुब्बाको भनाई छ । 
कारखानामा उत्पादन भएको चिया प्रति किलो आठसय रुपैयाँदेखि १५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । कारखानाले आप्mनै ५० रोपनी जमिन र लिजमा १०० रोपनी गरी डेढ सय सोपनीमा चिया खेती गरेको छ । कारखानामा ६ जना पुरुषसहित २० जनाले रोजगारी पाएको कारखाना सञ्चालकको भनाई छ । 
कारखानाले अहिले उन्नति समावेशी बेद्धि परियोजनाको सहयोगबाट नयाँ मेशिन खरिद गरि एउटा नयाँ कारखाना भवन निर्माण सम्पन्न गरेको जनाएको छ । मङ्सिर पहिलो हप्तामा उन्नतिकै सहयोगमा किसानलाई तालिम दिने पनि जनाएको छ । 
सो कारखानाले उन्नतिबाट एक करोड २८ लाख सहयोग प्राप्त गरेको सञ्चालक सुब्बाले  बताए । 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...