समाचार

बाम गठबन्धनबाट बहुमत पुर्याएर पाँचवर्षे स्थायी सरकार बनाउनेमा शंका नगर्न आग्रह

२०७४ कार्तिक २० सोमबार गते १७:३० मा प्रकाशित

सन्दकपुर संवाददाता​

इलाम २० कात्तिक

पूर्व सभामुख सुबासचन्द्र नेम्वाङले प्रदेश र प्रतिनिधि सभा निर्वाचन पछि देशमा विकास र सम्भावनाको ढोका खुल्ने बताए  । लारूम्बाको माङसेबुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेम्वाङले अहिलेको बाम गठबन्धनले यो निर्वाचनबाट दुई तिहाइ बहुमत पुर्याएर पाँचवर्षे स्थायी सरकार बनाउनेमा कसैले पनि शंका नगर्न आग्रह गरे  ।

बाम गठबन्धनका तर्फबाट इलाम क्षेत्रनम्बर – २ को प्रतिनिधिसभा तर्फका उम्मेदवार समेत रहनुभएकान नेता नेम्वाङले काम चलाउ सरकारले सरकारको काम चलाउने मात्र काम गर्नुपर्ने बताए  । उनले संविधानले जनतालाई दिएको अधिकार अब बाम गठबन्धनले स्पष्ट बहुमत ल्याएर त्यो बहुमतको सरकारले स्थापित गराउने बताए  ।

माङसेबुङको  चुनावी सभालाई इलाम   क्षेत्र नम्बर २ काे ख बाट  प्रदेशकाे बाम गठबन्धनका उमेद्धवार धिरेन सर्मा रमण  , नेकपा एमालेका कार्यालय सचिव नवराज शंकर, दिपेन्द्र खनाल, लगायतले सम्बोधन गरेका थिए ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...