space for add
space for add

समाचार

नेपाली अदुवा र अलैँचीमा लागेको भारतीय प्रतिबन्ध खुल्यो

२०७४ कार्तिक १२ आइतबार गते ०८:४९ मा प्रकाशित

सन्दकपुर संवाददाता

इलाम १२ कात्तिक 

विगत केही सातादेखि भारतले नेपालको अलैँची र अदुवा निकासीमा लगाएको प्रतिबन्ध फुकुवा भएको छ । 
वाणिज्य मन्त्रालयका सहप्रवक्ता रामकृष्ण अधिकारीले मेची भन्सारबाट अदुवा तथा अलैँची निकासी भएको जानकारी दिए । भन्सार तथा अदुवा व्यवसायीहरूले निकासी हुन थालेको जानकारी दिएको उनले बताए ।
निकासीमा भइरहेको अवरोध सम्बन्धमा वाणिज्य मन्त्रालयको पहलमा एक सरकारी टोलीले भारतको सिलगुडीस्थित कस्टम कमिसनर लगायत भारतीय भन्सारका पदाधिकारीहरूसँग कात्तिक ५ गते छलफल गरेको थियो ।
छलफलमा काँचो अदुवा निकासी गर्दा भारतमा लाईसेन्स लिईरहनु नपर्ने, अदुवाको अन्य क्याटगोरीबाट काँचो अदुवा निकासी हुँदा जिएसटी लाग्ने भएकाले काँचो अदुवाकै क्याटगोरीबाट निकासी गरी जिएसटी नलाग्ने व्यवस्था गर्नु पर्ने र नेपाल भारत वाणिज्य सन्धि अनुसार नेपालको कृषिजन्य वस्तुहरू निर्वाध रुपमा भारत निकासी हुनु पर्ने प्रावधानलाई लागू गर्नुपर्ने माग नेपाली प्रतिनिधि मण्डलले उठाएको थियो ।
भारतीय पक्ष नेपाली पक्षले उठाएका विषयमा सकारात्मक हुँदै समस्या समाधानका लागि तत्काल सम्बन्धित निकायमा आवश्यक पहल गर्ने आश्वासन दिएको थियो ।
उक्त छलफलका आधारमा भारतको सिलगुडीस्थित भारतीय भन्सारबाट भारतको सम्बन्धित निकायहरूमा समस्या समाधानका लागि पत्राचार गरेको र हाललाई नेपालको काँचो अदुवा निकासी खुला भई सहजीकरण भएको वाणिज्य मन्त्रालयले जनाएको छ ।
छलफलमा नेपालका तर्फबाट वाणिज्य मन्त्रालयका उपसचिव तर्कराज भट्ट, नेपाली महावाणिज्यदूतावास कोलकाताका उपमहावाणिज्यदूत नारायण शर्मा, मेची भन्सार कार्यालयका प्रमुख टेक बहादुर अर्याल लगायतको सहभागिता थियो ।
त्यस्तै अदुवा उत्पादक व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्का, भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला लगायत भारतीय आयातकर्ताको समेत छलफलमा सहभागिता रहेको थियो  ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...