space for add
space for add

समाचार

न्यायिक छानविनको आवश्यकता

२०७४ कार्तिक १२ आइतबार गते ०८:४२ मा प्रकाशित

अहिले सुदुर पूर्वी नेपालको झापा जिल्लाको ब्यापारिक केन्द्रमा चिनिएको बिर्तामोड नगरपालिकामा कप्mर्यू जारी छ । यो अवस्था भनेको नागरिकको जविनरक्षामा दोश्रो कुनै बिकल्प नभएको अवस्थामा प्रयोग गरिने कानूनी निर्णय हो । चिनजानको घरमा बिदेशबाट पठाएको जुत्ता लिन गएको अर्जुनधारा वडाका ११ बर्षिय वालक लक्ष्मण शिवाकोटीको असोज १४ गते भएको शङ्कास्पद मृत्युको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका मृतक बालकका आफन्त र स्थानीयबासी र प्रहरीबीच बिर्तामोडमा झडप हुँदा प्रहरीको गोली लागि अर्जुनधारा ५ का नरेश थापाको मृत्यु भएका थियो भने दर्जनौँ घाइते भएका छन् ।

असोज १४ को घटनाले कार्तिक ७ देखि उग्र रुप लिएको छ । यसबीचमा भएका परिघटनाहरूमा यो प्रदर्शन उब्जिएको सहजै अनुमान गर्न सकिन्छ । भलै चाडवाडको बेलामा बजार र आम साधारण जनतालाई कुनै ब्यवधान नहोस् भनेर पर्खिएको जस्तो गरी यो प्रदर्शन भएको छ । पीडितहरूको घरमा चाडवाड आएन । उनीहरूले किटानी जाहेरी गरेर लक्षमणको हत्यारा माथि कानूनी कारवाही गर्न उजुरी ठिक समयमा दिएको खुल्न आएको छ । यसमाथि कारवाही गर्न प्रशासनलाई पनि चाडवाडले नछेक्नु पर्ने । पीडित पक्षबाट निकै लामो समय धैर्य गरेको बुभ्mन सकिन्छ । प्रश्न एउटै मात्र उब्जिएको छ कि पीडित पक्ष किन हिंसात्मक प्रदर्शनमा उत्रिएको छ ? र, यसको प्रतिरक्षामा प्रशासन आफैँ हिंसात्मक हुन बाध्य भएको देखिन्छ ।
यसको निष्पक्ष र सही छानविन गर्न गृह मन्त्रालयले एक छानविन टोली गठन गरेको छ । यसले ७ दिन भित्र आप्mनो निर्णय सरकारलाई बुझाउने छ । यसै सन्दर्भमा प्रदर्शनकारी र सरकारबीच भएको वार्तामा  प्रहरीको गोली लागी मृत्यु भएका नरेश थापाको परिवारलाई १० लाख दिइने र उनकी श्रीमतीलाई शनिअर्जुन नगरपालिकामा जागिर दिने र ६ महिनाको बालकलाई नगरपालिकाले शिक्षाको उचित ब्यवस्था मिलाउने सर्तका साथ साम्य गर्ने प्रयत्न गरिएको बुझिएको छ । 
मृतक लक्ष्मणको परिवारले प्रामाणिक पुष्टिको आधारमा न्याय पाउनेमा शङ्का गर्ने ठाउँ रहनु हुन्न । न्याय सुत्नु हुन्न र न्यायलाई राजनैतिक प्रेसरले छुनु हुन्न । यस काण्डमा एमाले दलले बिज्ञप्ति जारी गरी पीडितहरूले उचित न्याय र क्षतिपूर्ति पाउनु पर्ने माग राखेको छ । यो हात्तीको देखाउने दाँत सावित नहोस् । सुरक्षा र न्याय प्रणालीमा दलीय हस्तक्षेप गरिनु हुन्न भन्ने लोकतान्त्रिक शक्ति पृथकीकरणको मान्यतालाई आसन्न आम चुनावको सङ्घारमा दलहरूले बुझेका छन् । 
उक्त सहमतिमा मृतक शिवाकोटीको सम्बन्धमा चाँडो दोषी पत्ता लगाउने र कारवाही गर्ने भनिएको छ । यसका साथै बिर्तामोड इलाका प्रहरी कार्यालयका डिएसपीलाई कारवाहीको सिफारिस गर्ने निर्णय भएको समेत जनाइएको छ । प्रदर्शनको क्रममा भएको क्षतिको पूर्ति गरिने पनि सहमति भएको जनाइएको छ । डिएसपीलाई कारवाही गर्न सिफारिस गर्ने निर्णय कुन कोणबाट आएको हो स्पष्ट छैन । आगजनीमा उतारु उत्तेजित समूहलाई छोडिएको भए बिर्तामोड खरानीको शहरमा परिणत हुन सक्ने आँकलन गर्नु पनि अत्योक्ति नहोला ।
पीडितले न्याय पाउनु पर्छ, क्षतिपूर्ति हुनु पर्छ, निहित स्वार्थ वा राजनैतिक कारणले यो घटनाको श्रृङ्खला चलेको हो भने सम्बन्धित पक्षले यसको जिम्मेवारी लिँदै आसन्न चुनावमा यसको असर नपरोस् हाम्रो चाहना हो । बिर्तामोडलाई शान्त र हराभरा बनाउँदै पूर्वी नेपालको गौरवको साख कायम गर्न सबैपक्ष सजग बनौँ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...