space for add
space for add

समाचार

काँकरभिट्टामा सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने

२०७४ कार्तिक ११ शनिबार गते १७:०४ मा प्रकाशित

सन्दकपुर संवाददाता

काँकरभिट्टा ११ कात्तिक :

 प्रथम मेची नेत्रालय सुपर सिक्स क्रिकेट प्रतियोगिता आगामी शनिबार काँकरभिट्टामा आयोजना हुने भएको छ ।

स्थानीय लर्ड बुद्ध क्रिकेट एकाडेमीले काँकरभिट्टा माविको खेल मैदानमा आयोजना गर्ने एक दिवशीय उक्त प्रतियोगितालाई काँकरभिट्टास्थित मेची नेत्रालयले प्रायोजन गर्नेछ ।

जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापाको उपस्थितिमा ग्रेस होटलमा शनिबार आयोजित पत्रकार भेटघाटमा आयोजक एकाडेमीका अध्यक्ष मनोज कटुवालले सो जानकारी दिएका हुन् ।

उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १ लाख ५० हजार रुपैयाँ लागत पूर्वानुमान गरिएको र भाग लिने टिमले प्रवेश शुल्क स्वरुप ८ हजार रुपैयाँ बुझाउनुपर्ने एकाडेमीका सचिव हिमाल विकले बताए ।

१० वटा विभिन्न क्रिकेट टिमले सहभागिता जनाउने प्रतियोगिताको विजेता टिमले नगद २५ हजार तथा उप विजेता टिमले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कर्पोरेट हाउसहरु भन्सार एजेन्ट संघ, नेपाल बहुउद्धेश्सीय सहकारी संस्था, नेपाल बैंक, बुद्ध एयरलगायतले प्रतिष्पर्धा गर्ने बताइएको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...