समाचार

कथा : बन्दोबस्तीको छट्पटी

२०७४ कार्तिक ११ शनिबार गते १६:५८ मा प्रकाशित


गणेशकुमार शर्मा

समिराले कृष्ण द्वैपायन ब्यास जयन्तिमा ब्यासलाई मात्र चिनाइनन् अपितु वनारसमा आफु र नेपाली विद्यार्थी त्यसमा पनि छात्रालाई चिनाइन् । विकसित मुलुकहरूमा कानूनी र सामाजिक दृष्टिले सबै नागरिक सुरक्षित रहन्छन् । ब्यक्तिगत स्वतन्त्रताको सर्वोपरि सम्मान गरिन्छ । हिन्दूस्थानमा अझै पनि नारीहरू पुरुषको बन्देजमा छन् र समाजमा उनीहरूकै कारण हिंसामा पर्ने गरेका छन् । सन्तान जन्माउनु नारीको नैसर्गिक अधिकार हो । नारीहरू संन्तानवती हुन चाहन्छन् तर पुरुषहरू पुत्रवान हुने र नारीलाई उपयोगको शिकार बनाउने गर्छन् । एउटा नारीले आवश्यकता अनुसार यौन तृप्तिको लागि जुनसुकै पुरुषलाई उपयोग गर्न पाउनु पर्छ तर यसलाई बृत्तीको रुपमा नभएर जैविक आवश्यकता ठानिनु जरुरी छ । र, जरुरी छ सुरक्षाको । पुरुषहरूले यौनलाई सन्तुष्टिमा सीमित गरेर इच्छा बिरुद्ध र असुरक्षित तवरमा नारीलाई फसाउन हुन्न । नारीबाट मात्र सम्भव हुने गर्भाधान सुनियोजित हुनु पर्छ । 
गंगाले राजा शन्तनुसँग मनुहरूको मोक्षको लक्षले उनको यौनेच्छा तृप्त गर्न कहिलै आप्mनो कृयाकलापको बिरोध नगर्ने र गरेको खण्डमा सम्बन्ध बिच्छेद गर्ने शर्त राखेकी थिइन् ।  उनको गर्भ र शन्तनुको बीर्यको आठौँ सन्तान देवब्रतको हत्या गर्न शन्तनुले रोक लगाएपछि उनले सम्बन्धबिच्छेद मात्र गरिनन् छोराको पालन पोषणको पूर्ण जिम्मेवारी लिएकी थिइन् । ऋषि परासरले सत्यवतीलाई काम तृप्तिका लागि मात्र प्रयोग गरेनन् वयस्क उमेरसम्म हुर्काउने र शिक्षादिक्षाको भार सम्हालेका थिए । परासरले उनको कौमारित्व यथावत रहने प्रण नगरेका भए सम्भोगमा तयार हुने थिइनन् । न गंगाजी न त सत्यवती संसारको नजरमा वेश्या कहलिए । कसैले उनीहरू माथि कलङ्क लगाउन सकेनन् र अहिलेसम्म कलङ्कको कुनै आधार फेला पर्देन बरु कल्याणको ।
समिराको आशय थियो नारी र पुरुष दुवै यौन सन्तुष्टि र सन्तान उत्पादनमा समान सहभागी रहन्छन् र सन्तानको पालन पोषणमा दुवै वा कुनै एकको दायित्व सुनिश्चित हुनु पर्छ । आज कैयन महापुरुषलाई जन्मनबाटै रोक लगाइएको छ भने लाखौँ गर्भलाई पतित गरिएको छ । जन्म लिएकाहरू फालिएका छन्भने मुस्किलले बाँच्नेहरू अमानवीय जीवन यापन गरिरहेका छन् । बेश्यालयहरू सञ्चालनमा नारी र पुरुष दुवै जवाफदेही छन् । पशुहरूले प्रकृतिक यौनबृत्ती कायम राखेका छन् । कुकुर्नीहरू बर्षमा एक पटक रजवती हुन्छन् । नारीहरू दैनिक पटकौं यौन कृयामा लाग्नु निसन्देह बिनासको कारण बन्दै गएको छ । समिरा पुरुषहरू प्रति आक्रामक देखिन्छिन् । नारीहरू सजग र नियन्त्रित हुनुपर्ने आशयमा छन् । आज संसार परिवारको योजनामा लागेको छ तर यौन योजना गर्ने सोचमा पुगेको छैन । समाजमा उनी उदाहरण बन्लिन् जस्तो देखिन्छ । तर समाज र आप्mनै संयमले उनलाई कतिको साथ देला हेर्न भने बाँकी छ ।
–ड्ड–
समिरा बनारस पुगेको चार दिन मात्र भएको छ । पुग्ने बित्तिकै ब्यास जयन्तिको चटारोमा परिन् । पूरणसँग भेट नभएको भए यो सम्भव हुने थियो वा थिएन तर पहिलो भेट र सम्योगले परेको ब्यास जयन्तिका कारण उनले बनारस आउनुको कारणनै भुलेको भान भएको छ । डेराडण्डाको ब्यवस्था भएको छैन । कलेजमा भर्नाहुन, कोर्ष छनोट गर्न, पुस्तक र आवश्यक शैक्षिक सामाग्रीहरू तयार गर्न तर्फ उनले सोचेकी छैनन् । समारोहका सम्पूर्ण कार्यहरू समाप्त गरेर हिजो जस्तै पूरणको कोठामा पाहुना लाग्न पुगिन समिरा । विद्यार्थी जीवन खानपान र बसाईमा स्वभावैले दुखपूर्ण हुन्छ । कुनै पनि नेपालीले चयनसाथ पढेका छैनन् । कोठामा धेरैबेर गफगाफ गरेर पूरणका साथीहरू आआप्mनो कोठातिर लागे । त्यपछि उनीहरूलाई खाना तयार गर्ने सोच जाग्रित भयो ।
“म खाना बनाउन जान्छु, तपाईँ यतै बस्तै आराम गर्दै गर्नुहोला ।” पूरण कोठामा लगाउने कपडा च्यापेर भान्सा तिर जान खोजे । 
“होइन, दुबै जना भएर बनाउन खाना” समिराले भनिन् । पड्ने विद्यार्थीले भाडामा लिएको कोठा सानै छ । एउटा पातलो पर्दाले भान्सा छुट्याइएको छ । दुबैलाई लुगा फेर्ने बारेमा सङ्कोच लागेको छ । पूरण एउटा तौलिया र कोठामा लगाउने लुगाहरू लिएर भान्सातिर गए । फसाद पर्यो समिरालाई । पूरणले फेरेका लुगाहरू ह्याङ्गरमा झुण्ड्याउँदै भने, “बस्तै गर्नुहोला म खाना तयार गर्छु ।” पूरण भान्सा तिर लागे । समिराले एक्लै भएको मौका छोपेर कोठामा बस्ता लाउने गाउन झोलाबाट झिकिन् । एउटा ठूलो नयाँ टावेल उनलाई बिराटनगरमा किनेर बाबाले पठाइदिएका थिए । यो झिक्न खोज्दा उनलाई बाबाको सम्झनाले सतायो, घरको स्मरण मगजमा फन्फन्ती घुम्न थाल्यो । बाबाआमाको विवाहको प्रस्तावलाई लत्याएर उनी पढ्न भनेर बनारस आएको सम्झनाले उनलाई सतायो । मनमनै उनले भनिन्, “पढाई बिरुद्धमा मैले कुनै सम्झौता गर्नुहुन्न ।” लुगा फेर्ने क्रममा कतै पूरणले चियाउने पो हुन् कि ? उनलाई कताकता शङ्का लाग्यो । हत्तपत्त टावेल कम्बरमा बेरेर सलवार फुकाइन् र हतारहतारमा कुर्ता खोलेर गाउन भिरिन् । त्यसपछि उनलाई दिउँसोभरिको पसिनाले निथ्रुक्कै भएको ब्राको होस् आयो । गर्मी र पसिनाले चिलाउन थालेका उनका कोमल स्तनहरू ओबानोको खोजीमा थिए । हतारहतार गाउन खोलेर ब्रा खोलिन् र टावेलले आप्mनो छाती बेरिन । गर्मी र पसिनाले कट्कटिएको काछ चहर्याइरहेको थियो । उनले यही मौकामा सबै भित्री परिधानहरू फेर्ने निधो गरिन् र पेण्टी खोलेर खाटमुनी राखेको झोलाबाट ओभाना लुगाहरू झिक्न के निहुरिएकी मात्र थिइन् चुलो सल्काउने लाइटर लिन अनायास पूरण कोठामा आए । कोेठामा समिरा छिन् भन्ने थाहा भएपनि लुगा फेर्ने क्रममा छिन् भन्ने उनलाई होसै भएन र यस्तो यसअघि कहिलै होस् गर्नु परेको पनि थिएन । टावेलसम्म सम्हाल्न नपाइ लाज लुकाउन थुचुक्क बसेकी समिराका हेर्न नहुने अङ्गहरू कयामेराको क्लिकमा आकृति प्रवेश गरेझैँ पूरणको नजरमा पसे । सरी भन्दै पूरण लाइटर लिएर भान्सातिर लागे तर दुवैको श्वासप्रश्वासले दोब्बर गति लियो । अन्यमनस्क हुँदै पूरणले भान्साको काम गरिरहे । यता समिराको अनुहार लाजले रातो भएको छ । पूरण फेरी पक्कै नआउलान् भन्ने अड्कलले उनले निर्धक्क सबै लुगा फेरिन् र उस्तै अन्यमनस्क भावमा दुवै हातले अनुहार छोपेर बसिरहिन् । उनको मनमा एउटा भाव जाग्रित भयो । उस्तै छाला, मासु र हाडले बनेका अङ्गहरूमा किन कुनै गुप्त राखिन्छ र कुनै खुला ? उनले लाजभित्र कुनै अनैतिकताले बास पाउने कल्पना गरिन् ।
–ड्ड–
हो आप्mनै अङ्गहरूलाई बर्गिकृत गरेर गुप्ताङ्गलाई कपडाले ढाक्ने प्राणी मानिसमात्र हो । देख्दैमा कुनै अङ्ग उत्तेजित हुन्न् । मानिसहरूले नै शरीरका भित्री अङ्गहरूको जानकारी लिएर हेर्ने प्रविधीको विकास गरिसकेका छन् । बाहिरी अङ्ग कुन कस्तो छ सब थाहा छ तर देखाउँदैमा वा हेर्दैमा यसलाई अस्लील मानिनु मानिसहरू कामोत्तेजनामा अरु प्राणीहरू भन्दा कमजोर रहेका हुन्छन् भन्ने बुझिन्छ । पाल्तु स्त्री जानवरहरूमा सामयिक रज देखापर्छ । पुरुषहरू त्यो थाहा पाएपछि मात्र उत्तेजित हुने गर्छन् । यसले मानिस भावनात्मक रुपले यौनिक कार्यमा कमजोर रहेको सावित भएको छ । यो कमजोरीलाई पश्चिमा सभ्यताले हटाउने प्रयास गरेको देखिन्छ । महिला हुन् वा पुरुष नग्न वा अर्ध नग्न अवस्थामा सार्वजनिक स्थलमा परिभ्रमण गरिरहेका देखिन्छन् । उनीहरू यसलाई सभ्यता मान्छन्, त्यहाँ यौन स्वतन्त्रता छ तर सुरक्षित । यो पूर्वतिर पनि क्रमशः आउन थालेको छ । यो देखासिखीमा प्रवेश भएको छ । कानूनी मान्यता पाउन भने नागरिकहरूमा संयम र ज्ञानको खाँचो देखिन्छ ।
समिराले यिनै कुरा सोचिन् कि कसो ? भान्सातिर जाने आँट गरिन् । खोकेको नक्कली स्वर निकालिन् । यो लाज पचाउने मात्र आवाज थियो । पूरणले पनि यो थाहा पाए । 
“किन हो पुरुषहरू भन्दा महिलालाई बढि लाज लाग्छ । लाज लाग्ने कुरागर्दा बढि लाजको अनुभूति हुनेगर्छ, साँच्चै लाज लाग्ने यथार्थ काम पनि भएकै हुन्छ निर्लज्ज । वास्तवमा सार्वजनिक ठाउँमा मात्र लाज लाग्नु पर्ने हो । आखिर यहाँ पुरण र म बाहेक को पो छौँ र ? लजाउनु ? लाजको पटुका कम्मरमा बाँधेर समिरा भान्सातिर लागिन् । दुवैले झट्टै चारआँखा गर्न सकेनन् । छड्के पाराले पालैपालो मुस्कुराए ।  अनुहार रातोरातो भएको दुवैले एकआपसमा देखे । लाज बिछोड होइन मिलन र प्यारको सङ्केत भएको अनुमान लगाए मनमनै ।
समिराले बनारस आउन बाबाले बिश्वास गरेर साथ लगाएको साथीलाई सम्झिइन् । रेल यात्रा र लजमा बास बस्ताका घटनाहरू उनका मनमा ताजा भएर आए । उनले आजसम्म यौन उत्तेजनाको अनुभव गरेकी छैनन् । गर्नु नपरोस् भन्ने उनको भित्री चाहना पनि छ । समिरा आफु लक्का युवती भएको कल्पना गर्दिनन् । पुरुषलाई उनी बिपरितलिङ्गी मान्न सक्तिनन् । पूरणको उमेर कति हो उनलाई थाहा छैन । सोधेकी छैनन् । पक्कै पनि आफुभन्दा जेठो होलान् भन्ने लागेको छ । पूरणले लगभग खाना तयार गरेका छन् । लुगा फेर्दाको दूर्घटनाले आपसमा बोलचाल गर्न बन्देज लगाए झैँ भएको छ । यो लम्ब्याइ राख्न पनि उचित छैन भन्ठानेर समिराले भनिन्, “थाल बटुकाहरू म सफा गर्छु ।” 
“होइन, पाहुनालाई यस्तो काम लगाउनु हुन्न ।”
“अरे, म कसरी पाहुना ? यही कोठामा बसेको र खाना खाएको तीन दिन भैसक्यो, म अझै पाहुना ?” “तिमी मेरी साख्खै बहिनी हौ त ?” “साख्खै नभएपनि, हो म तपाइँकी बहिनी । मलाई तपाइँले बहिनी भन्नोस्, यसैमा म खुशी हुने मात्र होइन, वास्तविकताको आभाष पाउन सक्छु ।”
“आजको जमानामा साइनोले संबोधन गर्नु आवश्यक छैन, समिरा जी । संबोधनका लागि नाम पर्याप्त छ । नामभित्र स्नेह छ, प्यार छ र नजिकपन मौजुद छ । तपाइँ समिरा नभएर समिर जो नेपालको पूर्वी भागबाट बहेर बनारस आइपुगेको छ । त्यसैले तपाइँलाई मेरो संबोधन समिर हुनेछ । हामी दाजु बहिनी नभएर दाजुभाई रहने छौँ । हुन्न ?”
समिरा चुपचाप् रहिन् । शायद उनलाई पुरुष नामको महिला भनिन अर्को लाज लाग्यो । पूरणले थपे, “मेरो नाम पूर्णप्रसाद हो तर सबै मलाई पूरण भन्छन् । म यसैमा अभ्यस्त भएँ र प्यारो पनि लाग्छ । समिर अर्थात् वायु जसको कुनै बैयाकरणिक लिङ्ग छैन किन स्त्री बनाउने ? यसरी त तिमी आफैँ पनि पुरुषहरू भन्दा सहासी छौ । तिम्रो र मेरो भेट भएको चार दिन मात्र भएको छ । तपाइँको बिगतको मलाई कुनै जानकारी छैन र लिने अवसर पनि पाएको छैन तापनि मसँग भेट भए यता तपाइँलाई मैले नारी होइन एउटा सहासी पुरुषको चरित्रमा पाएको छु ।”
“किन ?” “किनकि एउटी युवती एक्लै विराटनगरबाट बनारसमा त्यै पनि हिन्दू विश्वविद्यालयको सागरमा संस्कृत अध्ययन गर्न आइपुग्नु ठूलो साहस हो । नेपाली नारीमा यस प्रकारको साहस गर्ने शायद तपाइँ पहिलो हुनुहुन्छ ।”
“पूरण, कृपया मलाई तपाइँ नभन्नु होस् । मलाई आदरार्थी संबोधन टाढाको साइनो हो जस्तो लाग्छ । तिमीमा म जति स्नेह पाउँछु तपाईँमा उति नै टाढा पुगेजस्तो लाग्छ ।”
–ड्ड–
सात दिन अगाडि पूरणको कोठामा एकजना सन्त आएका थिए । उनी नेपालको दिङ्लामा जन्मिएका रहेछन् । जन्मिने बित्तिकै उनलाई बाबुआमाले बनारस लिएर गएका रहेछन् । उनका पिता रमानन्द आचार्यले गुरु षडानन्दको सम्पर्कमा संस्कृतको ज्ञान आर्जन गरेका रहेछन् । तत्काल ज्ञानको सदुपयोग कुनै आश्रम, पाठशाला वा मठमन्दिर खोलेर गर्ने चलन थियो । नेपाल भन्दा भारतीय भूमि यसको लागि उर्वर मानिने गथ्र्यो । उनी बनारस हानिएका रहेछन् । केही नेपाली र भारतीय मारवाडीहरूको लगानीमा एउटा भैरव मन्दिरको स्थापना भएको रहेछ । यसको परिसरमा एउटा आश्रम खोलिएको रहेछ । सुरुमा उनलाई त्यही आश्रय मिलेको रहेछ । इमान्दारिता र लगनशीलताले उनले आप्mनो प्रतिष्ठा कमाउँदै गएकाले आप्mना जहानलाई उतै सारेका रहेछन् । उनको देहावसानपछि उनका छोरा दिवानन्दले पैतृक नासोको रुपमा भैरव आश्रम सम्हालेका रहेछन् । यहाँ महिनामा एक पटक बिशेष धार्मिक अनुष्ठान हुँदोरहेछ । धार्मिक ग्रन्थहरूको पाठ गर्न कुशल पाठकको खोजीको क्रममा दिवानन्द पूरणलाई भेट्न आएका रहेछन् ।
जातियता मानिसको प्रिय साइनो हो । उनी नेपाली मूलका भएकाले नेपालीहरूको सम्पर्कबाट पूरण एउटा असल र विद्वान भन्ने थाहा पाएर एक महिनापछि सञ्चालन हुने सहस्र चण्डी पाठ कार्यक्रमका लागि निम्तो गर्न आएका रहेछन् । समिराको लज्जाको बिषयलाई मोड्न भनेझैँ गरी पूरणलाई भ्mवाट्ट यसको सम्झना भयो र उनले समिरालाई प्रस्तावको रुपमा भने, “उनले भनेका छन् सकेसम्म सातजना सम्म आएमा अनुगृहित हुनेछु । समिरा, तिमी मसँग त्यस कार्यक्रममा जान सक्छ्यौ ?” 
“त्यहाँ गएर के गर्नु पर्छ ?”
“सकेसम्म छिटो र प्रष्ट चण्डी पाठ गर्नु पर्छ ।” समिराले मनमनै सोचिन्, “कतै श्रीमान् श्रीमती जस्तो भएर जानुपर्ने त होइन ?” पूरणले थपे, “त्यस्ता कार्यक्रमहरूमा महिलाको उपस्थितीलाई महत्वपूर्ण मानिन्छ, किनभने महिला सहभागी हुँदैनन् । प्रवचनले तिमीलाई निश्चय पनि उचाइमा पुर्याएको छ, त्यहाँ पनि तिमी आकर्षणको पात्र बन्न सक्छ्यौ ।”
“पूरणजी मैले मेरा बन्दोबस्तीका धेरै कामहरू गर्नु छ । डेरा, खाने पकाउने सामान, लुगाफाटो लगायत कलेजमा नाम लेखाउने र पाठ्य सामाग्रीको तय गर्नुछ । मेरो प्राथमिकता कार्यक्रममा सहभागी हुने होइन त ।”
“लौ, ती कुरामा कत्ति पनि समय लाग्ने छैन । कलेजमा नाम लेखाउनु र सिलेवस छनोट गर्न सूचना भएकै छैन । अन्य सामाग्रीहरू एक घण्टा बजार पसेमा पूरा गरिनेछ । मेरो त्यहाँ जानै छ । तीन दिनको कार्यक्रम हो । त्यस अवधीमा तिमी के गरी बस्छ्यौ भन त ।”
छोटकरीमा पूरणले भनेका कुरा समिराले प्रष्ट बुझिन् । बनारसका गल्लीमा पसेर सौदा किन्न उनलाई पूरणकै साथ चाहिने महसुस भयो । भोलीपल्टै उनीहरू बजारमा गर्ने कामका लागि निस्किने निर्णयका साथ खाना खाएर बिछ्यौना तिर लागे । पूरण भान्सातिर ओछ्यानको ब्यवस्थामा लागे र समिरालाई आप्mनो खटिया सुम्पिए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...