space for add
space for add

समाचार

अलैँचीको दूर्दशामा ध्यान पुगोस्

२०७४ कार्तिक ८ बुधबार गते २०:०८ मा प्रकाशित

सन्दकपुर 

नेपाली किसानहरू अभागी हुन् वा उनीहरू कृषिमा सिद्धहस्त छैनन्, आजको गहन चिन्तनको बिषय बनेको छ । नेपालको कृषि प्रणालीमा परम्परागत प्रणालीलाई परिमार्जन गर्न आवश्यक रहेकोमा विज्ञ, ब्यापारी र किसान सबैपक्ष सहमत छन् । सरकार त झन् लगानी र योजनाका साथ कृषि विकासमा लागेको छ । एउटा लज्जास्पद बिषय उपस्थित भएको छ कि नेपालमा ७५ प्रतिशत खानेकुरा तयारी वा कच्चा रुपमा बिदेशबाट आयात हुने गरेको छ । यता देशका उर्वर जमिन बाँझो रहेका छन्, कृषि श्रमिकहरू बैदेशिक रोजगारमा पलायन भएका छन्, ठूला किसानहरू अन्य ब्यवसायमा लाागेका छन् र कृषिमा नामका लागि मात्र लाग्ने परम्परा हावी भैरहेको छ । 
आर्थिक सर्वेक्षणहरूले नेपालमा सबैभन्दा तल किसान रहेको पुष्टि गरेको छ । निःशन्देह किसानहरू परिमार्जित र नाफामूलक पद्दतिको सुरुआत गर्ने सोचमा छन् । यसको लक्षण उनीहरूले नगदेबालीको खेतीप्रतिको आकर्षणले देखाएका छन् । अहिले अधिकाँश किसानहरू अन्नबाली भन्दा नगदे बालीमा आकर्षित भएका देखिन्छन् ।
नेपालमा हाल देखिएका नगदे बालीहरूमा अलैँची, अदुवा, अम्लिसो, अकबरे खोर्सानी र ओलन (दूध) उत्पादनमा किसानहरू आकर्षित देखिएका छन् । पूर्वी नेपालको पहिचान यिनै बालीहरूले गराएको छ । अलैँचीको मुख्य बजार झापाको बिर्तामोड हो । अलैँचीका ठूला व्यापारी पनि यहीं केन्द्रित छन् । अलैँची व्यवसायी महासंघको केन्द्रीय कार्यालय पनि विर्तामोडमै रहेको छ । अधिकाँश जिल्लाको अलैँची बिर्तामोडमा सङ्कलन भएर विदेश निर्यात हुने गरेको छ । पूर्वी नेपालका पहाडी जिल्ला इलाम, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, संखुवासभा सहित देशका ४० जिल्लामा अलैँची उत्पादन हुन्छ । यी जिल्लाबाट वार्षिक पाँच हजार मेट्रिक टनभन्दा बढी अलैँची विदेश निर्यात हुन्छ । प्रत्येक जिल्लाबाट आ.व. २०७३÷७४ मा ३२ करोड रुपैयाँ बराबरको अलैँची बिक्री भएको थियो । गत वर्ष प्रतिकिलो रु दुई हजार पाँच सयका दरले खरिद गरेको अलैँची अहिले प्रतिकिलो रु ६५० मा झरेको छ । पछिल्लो समय किसानको प्रतिष्ठासँग समेत जोडेर हेर्ने गरिएको अलैँचीको मूल्य घटेपछि नयाँ फसलको कारोबारसमेत बजारमा सुस्त छ । साना व्यापारीले अलैँचीको कारोबार गर्न मानेका छैनन् । यस प्रति ठूला ब्यापारी र सरकारले कुनै चासो देखाएको छैन ।
अलैँची मात्र होइन रु ५ हजार प्रतिमन बिक्री भएको अदुवा एकहजारमा घटेर आएको छ । शहरी क्षेत्रमा सब्जी बजार भारतीय आयातले ओगटेको छ । जडिबुटी लगायतका औषधी जन्य उत्पादनको प्रशोधन हुने गरेको छैन । कच्चा बस्तुको ब्यापार दलालहरूको हातमा निहित रहन्छ । यसको नियन्त्रण गर्ने सरकारी कानून छैन । आखिर मारमा पर्ने किसानहरू हुन् र दोश्रोमा ब्यापारी । अन्त्यमा देशको अर्थतन्त्रलाई असर परेको छ । 
बजारमा अलैँचीको कृत्रिम अभाव भएपछि मूल्य ह्वात्तै बढ्यो । गत वर्षदेखि अलैँचीको उत्पादनमा बृद्धि भयो । उत्पादन बृद्धि भएको र मौज्दात राखेको अलैँची एकैसाथ बिक्री गर्न खोजिएकाले अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य खस्किएको  भनाइ छ । अलैँची ब्यापारको केन्द्रिय संस्था किसानले गुणस्तरीय उत्पादन नगरेको र मिसावट भएको आरोप लगाउने गर्छ । धूवाँ लगाएर सुकाएको अलैँचीमा गुण ह«ास हुने बताइने गरेको छ । यी समस्याहरूको समाधान गर्न किसानहरू, सरकार र ब्यापारीहरू अक्षम भएर हो वा नचाहेर हो निक्र्यौल हुन बितिसकेको छ ।
यसतै अवस्था रहिरहने हो भने नेपाललाई निकट भविश्यमै कृषि प्रधान नामको सट्टा अर्को नाम जुराउनु पर्ने देखिन्छ । निर्यातमा अब्बल रहेको हालको अवस्था भनेको कामदार निर्यात रहेको छ । कित यही ब्यवहारलाई फस्टाएर सोही अनुसारको नामाकरण गरियोस्– श्रमिक निर्यातप्रधान ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...