समाचार

लाइफलाइन मिनरल वाटरको बोटलभित्र लामखुट्टे

२०७४ असोज ३१ मंगलबार गते ०८:३९ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, ३१ असोज 

झापाको बिर्तामोडबाट इलाम भित्रिने गरेको लाइफलाइन गोल्ड नामको मिनरल वाटरको शिलबन्दी गरेको बोटलभित्र लामखुट्टे भेटिएको छ । 
सोमबार जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले नै आपूmले मिनरल वाटर खरिद गरेर खान खोज्दा बोटलभित्र लामखुट्टे फेला पारेपछि उक्त कुरा सार्वजनिक भएको हो । 
इलाम सदरमुकामको सगुन होटलमा पानी खान पुगेका ती प्रहरी अधिकृतले पानी किनेर खान खोज्दा बोटलभित्र लामखुट्टे फेला पारेका हुन् । उनले पानी खरिद गरेर सिल खोलेर खान खोज्दा बोटलभित्र लामखुट्टे भेटिएको बताएका छन् ।
बिर्तामोडको देवी पाथिभरा इण्डस्टिूज प्रालिले उत्पादन गरेको लाइफलाइन गोल्ड नामको मिनरल वाटरमा लामखुट्टे भेटिएको हो । उक्त मिनरल वाटरमा प्यूरिफाइड वाटर उल्लेख गरिएको छ भने बोटलमा उल्लेख हुनुपर्ने उपभोग्य मिति लतपत भएको पाइएको छ । 
मिनरल वाटरको सिल नखोलिएको बोतलभित्र लामखुट्टे भेटिएपछि त्यस्तो अवस्थामा के कस्तो कारबाही हुन्छ भनी सन्दकपुर दैनिकले इलामका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलसँग सोधपुछ गर्दा त्यसबारे आपूm पूर्ण जानकार नरहेको बताए । आपूmले प्रहरीसँग बुझेपछि बिस्तृत जानकारी दिनसक्ने उनले बताए ।
बितेको आठ महिना अघि पनि लाइफलाइन गोल्ड मिनरल वाटरमै लेदो भेटिएको थियो । सगुन होटलमै रहेको बोटलभित्र लेदो भेटिएपछि होटलका प्रोप्राइटर सगुन भक्तराजले उत्पादक कम्पनीका मान्छे आउँदा देखाएका थिए । उक्त बोटल कम्पनीका प्रतिनिधीले आपूmले जिम्मा लिएपछि खाने निहुँ गर्दे नष्ट गरेको जनायएको छ ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...