समाचार

इलामका राजेश “अभ्यर्थना” लिएर आए

२०७४ असोज ३० सोमबार गते ०७:५७ मा प्रकाशित

सन्दकपुर संवाददाता

इलाम, ३० असोज 

इलाम नगरपालिका ९ (साविक इलाम नगरपालिका ५) भञ्ज्याङका राजेश चाम्लिङ राईले आप्mनो दोस्रो एल्बमस्वरुप अभ्यर्थना लिएर बजारमा आएका छन् । केहीसमय अघि नै बिमोचन गरेर सार्वजनिक गरिएको अभ्यर्थनामा राजेशले चारवटा गीत समावेश गरेका छन् ।
आप्mनो नामका गायक अरुपनि भएपछि नामका अगाडि बी एण्ड डी राखेर सोही नाममा आपूmलाई प्रस्तुत गर्दै राजेशले अभ्यर्थना ल्याएका हुन् । उनले यो एल्बममा ‘मेरी आमा सयपत्रीले सजिएकी होलिन्, मुहारमा खुशी फिजाए..’, ‘बिन्दास घुम्नलाई जौँ न मायालु, डेटिङ...’, ‘प्रस्ताव’ र ‘नजानी नजानी...’ बोलका गीतहरु समावेश रहेका छन् । तीमध्ये मेरी आमा बोलको गीत लोक गीत हो भने डेटिङ फिल्मी स्वरुपको, प्रस्ताव पप र नजानी नजानी आधुनिक गीत रहेको राजेशले बताए । 
चारवटामध्ये दुईवटा गीतको भिडियो पनि तयार भएको छ भने दुईवटा गीत अडियो मात्र रहेका छन् । चारवटा गीतमध्ये चारवटै गीतमा राजेश आपैmँले स्वर दिएका छन् । एउटा गीतमा उनकी छोरी विना राईको पनि स्वर रहेको छ । त्यस्तै एउटा गीतमा शब्द सुयर्मा राईको छ भने सङ्गीत इलामकै स्थापिक गायक डेनी निरौलाको रहेको छ । बलराम समाल र थोमस थुलुङले एरेञ्ज गरेको तथा साउण्ड डिजाइनमा रेकर्ड गरिएको एल्बम राजेशले आप्mना बुबा (पापा) भिमबहादुर र आमा मनमायाप्रति समर्पित गरेका छन् । यो एल्बममा उनले चार लाख रुपैयाँ भन्दा बढी लगानी भएको बताएका छन् ।
राजेशले यसअघि २०६८ सालमा स्पर्स नामको पहिलो एल्बम पनि बजारमा ल्याएका थिए । उनले अभ्यर्थना एल्बमको समीक्षा कार्यक्रम भोली मङ्गलबार इलाम सदरमुकाममा राखेका छन् । मुख्य समीक्षक प्राज्ञ कोमल निरौला रहेको कार्यक्रममा अभ्यर्थनाको सकारात्मक नकारात्मक पक्षमा चर्चा गरिने राजेशले बताए । सो कार्यक्रमको आयोजना इलाम साहित्य संस्कृतिक कला प्रतिष्ठानले गरेको उनले बताए ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...