समाचार

फोनिज अध्यक्षमा : योङहाङ

२०७४ असोज २६ बिहिबार गते ०९:०३ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम,२६ असोज
 नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा राम योङहाङ चयन भएका छन् । उपाध्यक्षमा कौशिला राई, सचिवमा याम मावोहाङ, सहसचिवमा सृजना श्रेष्ठ, कोषाध्यक्षमा बुद्धमाया सोङमी चयन भएका छन् । सदस्यहरुमा बन्दना राई, दिपक राई, ज्ञानुकेदेम लिम्बु, सेन्छेहाङमा राई, सुजिता राई, मंगेस खालीन राई, अतित योङहाङ, सुजता सुनवार  निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यमा ख्याम भुजेल, सन्तोष नेम्वाङ, रिता राराहाङ, दिलकुमार लिम्बु, सोम सुनुवार र शुस्मा श्रेष्ठ चयन भएका छन् ।
प्रदेश पार्षदमा लोकेन थेवे, मनिप्रसाद राई, वीरबहादुर पापो र तारावीर लिम्बु
 निर्विरोध निर्वाचित भएका छन् ।
समृद्धिकालागि कलम   
 देशमा भएको राजनीतिक परिवर्तनसँगै अब नेपाली पत्रकारले देशको समृद्धितर्फ कलम चलाउनुपर्नेमा इलाममा आयोजित उक्त कार्यक्रमका सहभागीले जोड दिएका छन् । राज्यको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई समेत खबरदारी गर्दै सहीमार्गदर्शन गराउने भूमिकामा रहेको सञ्चार क्षेत्रले अब देश विकास, समृद्धिका निम्ति सशक्त बन्नुपर्ने सहभागीले बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको चौथो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा फोनिजका केन्द्रीय उपाध्यक्ष शाहीमान राईले सम्पूर्ण श्रमजीवी पत्रकारहरुको अधिकारका लागि  फोनिज सदैव एकजुट रहने बताए ।     कार्यक्रममा नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष कोकिला ढकालले फोनिजले जनजातिका विषयबस्तुबारे कलम चलाउनेबारे सम्पूर्ण पत्रकारको क्षमता विकास गर्नेगरी समन्वय गर्न आवश्यक रहेको बताइन् । महासंघ इलामका संस्थापक सभापति धर्म गौतमले अब पत्रकारहरु देशको समृद्धि र विकासमा लाग्न जरुरी रहेको बताए । 
नेपाल आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष अभिषेक एक्तेनले देश र जनताका लागि बलिदान गर्ने आदिवासी समुदायको मुद्दामा सञ्चारकर्मीले आवाज उठाउन आग्रह गरे । कार्यक्रममा तमु छोंज धींका दीपक गुरु, आदिवासी महिला महासंघकी बालकुमारी देवान, किरात राई छुम्याका पुष्पा राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...