समाचार

जमुनामा चार टीम विजयी

२०७४ असोज २६ बिहिबार गते ०८:३८ मा प्रकाशित

सन्दकपुर संवाददाता

जमुना, २६ असोज

 जमुनामा प्रत्येक वर्ष तिहारको बेला लाग्दै आएको कागे मेलाको अवसरमा खेलाइँने फुटबल प्रतियोगिता यसपाली पनि मङ्गलबार शुरु भएको छ । दोस्रो दिन बुधबार भएका चारवटा खेलहरुमध्ये पहिलोमा जमुना इङ्लाको रेडपाण्डा स्पोर्टिङ क्लब, दोस्रोमा जमुनाकै सुनाखरी खेल संघ, तेस्रोमा प्याङको सहारा क्लब र चौथो खेलमा जमुना मझुवा विजयी भएका छन् ।
पहिलो खेलमा रेडपाण्डाले माईपोखरीको छाँगे फुटबल क्लबलाई दुई शुन्य गोलको अन्तरले पराजित गर्दै विजयी बनेको मेला आयोजक समितिका अध्यक्ष उमेश गुरुङले सन्दकपुर दैनिकलाई जानकारी दिए । दोस्रो खेलमा आयोजक मानिएको सुनाखरी खेल संघले जमुना बजारको जमुना फुटबल क्लबलाई टूाइब्रेकरका आधारमा चार तीन गोल अन्तरले पराजित गरेको छ । 
त्यस्तै तेस्रो खेलमा प्याङको सहारा क्लबले माईमझुवाको छिन्तापु स्पोर्टिङ क्लबलाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो भने अन्तिम खेलमा जमुना मझुवाले मावुको सनराइज स्पोर्टिङ क्लबलाई दुई शुन्य गोलकै अन्तरमा पराजित गरेको गुरुङले बताएका छन् । 
दीपावलीको काग तिहारको दिन लाग्ने कागे मेलाको दिन पूmटबल प्रतियोगिताको फाइनल खेल हुने बताइएको छ । फाइनलमा बिजेता टीमलाई ६१ हजार रुपैयाँ नगद पहिलो पुरस्कार रहेको छ भने दोस्रो हुने टीमलाई ३१ हजार रुपैयाँ नगद पुरस्कार रहेको छ । प्रतियोगितामा इलाम जिल्ला र भारतीय सीमाक्षेत्रका भारतपट्टिका गरी ३२ वटा टीमले सहभागिता जनाएका छन् ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...