समाचार

एकतप्पामा जारी फुटबल प्रतियोगितामा फलाँटे र माङ्सेबुङ विजयी

२०७४ असोज २६ बिहिबार गते ०८:३९ मा प्रकाशित

सन्दकपुर संवाददाता

एकतप्पा, २६ असोज

 इलामको फाकफोकथुमस्थित एकतप्पामा जारी फुटबल प्रतियोगिताको बुधबार सम्पन्न भएको खेलमा साविक फलाँटे टीम र माङ्सेबुङ क्लब विजयी भएका छन् । विजयादशमी तथा दीपावलीको अवसरमा भएको खेलको दोस्रो दिन बुधबार पिताम्बरु र फलाँटे टीमबीच भएको खेलमा ट्राइब्रेकरको माध्यमबाट हारजित घोषणा भएको थियो । खेलमा फलाँटेले चार र एक गोलको अन्तरले विजयी भएको थियो । 
बुधबारकै दोस्रो खेलमा माङ्सेबुङ क्लब र पिताम्बरु क्बलबीच भएकोमा पिताम्बरु खेल्न नआएपछि माङ्सेबुङलाई विजयी घोषित गरिएको थियो । 
एकतप्पा खेलकुद विकास समिति फाकफोक थुम ६, ७ (साविक एकतप्पा) इलामले वडादशैँ र दीपावलीको अवसरमा खुल्ला नकआउट फुटबल प्रतियोगिता सञ्चालन गरेको हो । कात्तिक २ गते फाइनल खेल हुने प्रतियोगिताको प्रथम पुरस्कार एक लाख एक हजार एक सय एघार रुपैयाँ नगद रहेको छ भने दोस्रो पुरस्कार ५१ हजार एकसय एघार रहेको आयोजक खेलकुद विकास समितिका अध्यक्ष हर्क धमलाले सन्दकपुर दैनिकलाई जानकारी दिए । 

 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...