समाचार

रेस्फेकको पत्रकार भेटघाट

२०७४ असोज २६ बिहिबार गते ०८:४० मा प्रकाशित

सन्दकपुर संवाददाता

इलाम २६ असोज

 ललितपुरको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) नामक संस्थाले बुधबार इलाम सदरमुकाममा स्वास्थ्य अधिकार तथा दायित्वसम्बन्धी पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । भेटघाटका क्रममा आधारभूत स्वास्थ्य जनताको नैसर्गिक अधिकार हो र निःशुलक रुपमा स्वास्थ्य सुविधा प्रदान गर्नु राज्यको दायित्व हो भन्ने मान्यताका साथ रेस्फेकले पैरवी र वकालत गर्दै आएको जानकारी दिइयो ।
कार्यक्रममा इलाममा स्वास्थ्य सम्बन्धी तथ्याङ्कको अवस्था, रेस्फेकले सन् २०१९ देखि प्रकाशन गर्न लागेको स्वास्थ्य अधिकार बर्ष पुस्तिका, स्वास्थ्य अधिकार र सञ्चारकर्मीको भूमिका विषयमा जानकारी गराइएको थियो । रेस्फेकले ५८ वटा जिल्लामा स्वास्थ्य अधिकार तथा सुर्ति नियन्त्रण जिल्ला सञ्जालहरुसँगको समन्वयमा काम गर्दै आएको छ । सो संस्थाले आगामी बैशाखदेखि प्रत्येक वर्ष स्वास्थ्य अधिकार वर्ष पुस्तिका प्रकाशन गर्ने जनाएको छ । 

 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...