समाचार

जसवीरेमा चार टीम विजयी

२०७४ असोज २६ बिहिबार गते ०८:४० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम,
२६ असोज 

इलाम नगरपालिका वडा नम्बर ४ जस्वीरेमा बुधबार सम्पन्न नकआउट फुटबल प्रतियोगितामा चार टीमा विजयी भएका छन् । 
पहिलो खेल सदाबहार भिले फुटबल क्लब र मलाते फुटबल क्लबबीच भएकोमा मलाते फुटबल क्लबले ३–२ गोल अन्तरले विजयी भएको छ । दोस्रो खेलमा एमपी ५ र कागतेपानी फुटबल क्लबबीच भएको खेलमा एमपी ५ ले दुई शुन्य गोल अन्तरले जीत हात पारेको छ । बुधबार नै सम्पन्न चापगैरी फुटबल क्लब सी र माईपाताल फुटबल क्लब बीचको तेस्रो खेलमा माईपातालले दुई शुन्य गोल अन्तरले चापगैरीलाई हराएको थियो । सगरमाथा बोर्डिङ र आयोजक जस्बीरे फुटबल क्लबल जस्वीरेबीचको चौथो खेलमा आयोजकले दुई सगरमाथाले एक गोल गर्दै आयोजक विजयी भएको छ । असोज ३१ ग्ते हुने फाइनल खेलमा जम्मा ३६ टीमको सहभागिता रहेको आयोजक अध्यक्ष अशोक सुब्बाले बताएका छन् ।

 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...