समाचार

इलामेहरु स्वास्थ्यप्रति सचेत छन्

गते ००:०० मा प्रकाशित

इलामेहरु स्वास्थ्यप्रति सचेत छन्

विसं. २०१८ सालमा गोरखामा जन्मिएका डाक्टर भरत थापा गत महिनादेखि इलाम अस्पतालमा एमडीजीपीको रुपमा इलाम आएका छन् । डा. थापाले गोरखा, पाल्पा, बर्दिया, ओखलढुङ्गा, ललितपुर र काठमाण्डौका अस्पतालमा सेवा पु¥याइसकेका छन् । डाक्टर तारानाथ पोखरेलको अन्यत्रै सरुवा भएपछि लामो समयसम्म एमडीजीपी डाक्टरविहीन भएको थियो । एमडीजीपी डाक्टरविहीन हँुदा इलाम अस्पताललाई आम नागरिकले डाक्टर नभएको अस्पताल समेत भने । एमडीजीपी डाक्टर ल्याउन स्थानीय नागरिकहरुको ठूलो सङ्घर्षपछि डा. भरत थापा इलाम आइपुगेका छन् । डा. थापा इलाम आइपुगेपछि इलामेहरुले स्वास्थ्यको क्षेत्रमा ठूलो राहत महसुस गरेका छन् । उनै डा. थापासँग सन्दकपुर दैनिकका कार्यकारी सम्पादक सुदिप श्रेष्ठले गरेको कुराकानीको सारसङ्क्षेपः

 

प्रश्नः इलाममा स्वागत छ यहाँलाई ।

उत्तरः धन्यबाद ।

प्रश्नः इलाममा एमडीजीपी डक्टरको रुपमा कहिले आउनुभएको ?

उत्तरः २०६९ भदौ ७ गतेदेखि इलाम अस्पतालमा कार्यरत छु ।

प्रश्नः सामान्यता इलाम अस्पतालमा एमडीजीपी डक्टर छैनन् भन्ने थाहा पाए भने इलामे जनताहरु जिल्ला बाहिर नै जाने गरेका छन् । तपाई कहिलेसम्म इलाम अस्पतालमा बस्नेगरि आउनुभएको हो ?

उत्तरः नेपाल सरकारले मलाई जहाँ पठाएपनि म त्यहाँ जानुपर्छ । मलाई जहिलेसम्म यहाँ राखिन्छ, म त्यो दिनसम्मनै सेवा दिन म इलाम बस्छु । इलामको वातावरण मलाई राम्रो लागेको छ । अलि लामो समय इलाममै बिताउने सोच छ ।

प्रश्नः इलाम आउनुभएको १ महिना वितेको छ । यस दौरानमा कस्ता कस्ता सल्यक्रिया भए ?

उत्तरः यहाँ आइकन सातवटा बच्चा जन्माउने सल्यक्रिया भयो । साथै एक जना विरामीको पेटमा रहेको झण्डै २ केजीको ऐजेरुको सफल शल्यक्रिया गरेँ । आउनेबित्तिकै त खासै काम गर्न पाईन । इलाम अस्पतालको अपरेसन थिएटर म्यानेज गर्न समय लाग्यो । शल्यक्रियामा प्रयोग गरिने विभिन्न उपकरणहरुलाई पुन प्रयोगमा ल्याउनको लागि ब्यवस्थापन गर्न समय लाग्यो ।

प्रश्नः इलाम अस्पतालमा एमडीजीपी डक्टरको नियमितता हुने कुरामा जनतालाई विश्वस्त पार्न सक्नुहुन्छ ?

उत्तरः हिजो मात्र निमित्त स्वास्थ्य सचिव तिर्थरान बुर्लाकोटीले इलाम अस्पतालमा एमडीजीपी डक्टरको नियमितता हुन्छ भनिसक्नुभएको छ ।

प्रश्नः इलामको स्वास्थ्यको समग्र अवस्था कस्तो लाग्यो ?

उत्तरः अन्य जिल्लाको तुलनामा इलामे जनताहरुको स्वास्थ्यप्रतिको चेतनास्तर एकदमै राम्रो छ । जनस्तरबाट जुन एमडीजीपी डाक्टरको माग गरियो, त्यो हेर्दा पनि इलामे जनताहरु स्वास्थ्यप्रति सचेत छन् भन्ने बुझ्न सकिन्छ । अस्पतालको हकमा अन्य क्षेत्रको अस्पतालभन्दा इलाम अस्पताल माथिल्लो स्तरको छ । सरकारबाट छुट्याइएको कार्यक्रमहरु पनि अन्य जिल्ला भन्दा बढी इलाममै आउदो रहेछ । म काम गरेका अन्य जिल्लाको तुलनामा इलाम अस्पतालमा विरामीको चाप पनि अत्याधिक छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...