space for add
space for add

समाचार

एनआइसी एशिया बैङ्कको निःशुल्क घर कर्जा योजना

२०७४ असोज २३ सोमबार गते १०:०४ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, 23 असोज 

एनआइसी एसिया बैङ्कले आकर्षक ‘होम लोन’को अफर ल्याएको छ । बैङ्कले यो कर्जाको अवधि २५ वर्षसम्म हुने व्यवस्था गरेको छ । ऋण लिइसकेपछि २५ वर्षसम्म व्याज र ऋण रकम संयुक्त रुपमा भुक्तानी गर्दै लैजान सकिने भएकाले ऋणीलाई मासिक भुक्तानी कम भई भार असहजता नहुने बैङ्कको विश्वास छ ।
बैङ्क रिटेल लोन प्रमुख लक्ष्मण चालिसेका अनुसार बैङ्कबाट घर कर्जा लिन कुनै पनि शुल्क लाग्दैन । ‘हामीले घर कर्जामा कुनै शुल्क लिदैनौँ, यसबाट ऋणीलाई कुनै पनि शुल्क तिर्नुपर्ने झण्झट हुँदैन’ उनले थपे । साथै ऋणको अग्रिम भुक्तानी गर्नु नपर्ने, धितो मूल्याङ्कन, बिमा तथा कर्जा सूचनावापत कुनै शुल्क तिर्नुनपर्ने बैङ्कले जनाएको छ ।
प्रत्येक शाखा कार्यालयहरुलाई नै होम लोन प्रदानका लागि अख्तियारी दिइएकाले प्रोसेसिङका लागि धेरै समयावधि पनि नलाग्ने उनले स्पष्ट पारे । ‘नजिकैको शाखाबाटै ऋणीले आवश्यक सबै प्रक्रिया चाँडो पुरा गर्न सक्ने छन्, शाखाहरुलाई सम्पूर्ण अधिकारहरु दिइएको छ’ चालिसेले भने ।
घर कर्जामा मासिक व्याजदर ० दशमलव ९ प्रतिशत तोकिएको छ । यो योजनाबाट ग्राहकलाई धेरै हदसम्म व्याजदर परिवर्तनको असर समेत न्यून गर्ने प्रयास बैङ्कले गरेको छ । महिनैपिच्छे परिवर्तन हुने व्याजदरका कारण लगानीकर्तालाई असर नपरोस् भन्नका लागि बैङ्कले ऋण लिएको २ वर्षसम्म व्याजदरमा कुनै परिवर्तन नगर्ने नीति यो योजनामा राखेको छ ।
कर्जाका लागि सम्पूर्ण कागजात र प्रक्रिया पुरा भएको तीन कार्यदिनभित्रै स्वीकृत हुने र मासिक रुपमा किस्ता वा व्याज मात्रै भुक्तानी गर्ने सुविधा समेत यसमा रहेको बैङ्कले जनाएको छ ।
सबैभन्दा पहिले ग्राहकले सम्वन्धित शाखा कार्यालयमा गई आवश्यक सबै कागजात बुझाउनुपर्ने र कागजात पुरा भइसकेपछि टोलीले धितोको मूल्याङ्कन गर्ने चालिसेले बताए । ‘कागजात पुरा भएपछि धितो मूल्याङ्कन गरिन्छ अनि स्वीकृत भएको तीन दिनभित्रै ऋण रकम ग्राहकले पाउँछन्’ उनले भने ।
ग्राहकको धितोको मूल्य तथा आम्दानीको स्रोतका आधारमा भनेजति नै ऋण पाउने उनले बताए ।
के के चाहिन्छ त आवश्यक कागजात ?
ऋण लिनका लागि सबैभन्दा पहिले धितोको प्रमाणित कागजात आवश्यक पर्दछ । यदी जग्गा धितो राख्ने हो भने लालपूर्जा तथा घर राख्ने भएमा नक्सा पास तथा निर्माण सम्पन्न भएको कागजात चाहिने चालिसेले बताए ।
त्यस्तै धितो सम्पत्तिको कर तिरेको रसिद र नागरिकताको प्रमाणपत्र लिई व्यक्ति स्वयम् उपस्थिति हुनुपर्दछ । त्यसका अलवा आम्दानी पुष्टी हुने कागजातहरु चाहिन्छ ।
जागिरेका लागि कम्पनी तथा संस्थाले प्रमाणित गरेको तलव तथा सुविधाको सिफारिस पत्र, घरभाडा उठाउनेका लागि घरभाडा सम्झौता, व्यवसाय गरेकाले दर्ता प्रमाणपत्र तथा आम्दानीको स्पष्ट विवरण बुझाउनुपर्दछ । साथै जमानी बस्ने व्यक्ति र उससँग नाता प्रमाणित भएको कागजात जरुरी पर्दछ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...