समाचार

सन्दकपुर गाउँपालिकामा एकलाख ७६ हजारको मोबाइल

२०७४ असोज २२ आइतबार गते ०९:३९ मा प्रकाशित

सन्दकपुर संवाददाता

इलाम, २१ असोज

 सञ्चार सुबिधाको पहुँच पुर्याउनका लागि भन्दै सन्दकपुर गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष, कार्यकारी अधिकृत र ५ वडाध्यक्षहरुले जम्मा एक लाख ७६ हजार रुपैयाका मोबाइल किनेका छन् । गाउँपालिकाका कार्यकारी अधिकृत गणेश कार्कीका अनुसार ५ वडाध्यक्ष, २ अध्यक्ष उपाध्यक्ष र कार्यकारी अधिकृतलाई २२ हजार दरका मोबाइल किनिएको हो ।
गाउँपालिकाका कार्यकारी अधिकृत कार्कीका अनुसार गत आर्थिक बर्ष ०७३ ÷०७४ को कार्यालय सञ्चालन सम्बन्धि खर्च शीर्षकबाट मोबाइल किनिएको हो । उनका अनुसार उनीहरुलाई आवश्यकता अनुसार रिचार्ज खर्च पनि दिइने व्याबस्था छ । कार्कीका अनुसार गत महिनामा मात्र उक्त मोबाइल किनेको हो । ‘सबैका कुरा बुझ्न र सञ्चार सुबिधा दिलाउनका लागि हामीले मोबाइल किनेका हौँ ।’ कार्कीले भने ‘फेसबुक तथा इन्टरनेटको सुबिधा पुर्याउनका लागि कम लागतका मोवाइलले काम नगर्ने भएकाले उत्त रकमका मोबाइल किनिएको हो ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...