space for add
space for add

समाचार

हाउजी खेल आजबाट सुरु हुने

२०७४ असोज १० मंगलबार गते ०८:५९ मा प्रकाशित


सन्दकपुर संवाददाता
इलाम, 10 असोज;
परम्परागत रुपमा खेलाउदै आइएको हाउजी खेल इलाममा  यस बर्ष पनि आजबाट सुरु हुने भएको छ । ५० औ बर्ष अघि देखि इलाममा खेलाइने यो खेल यस पटक माइभ्याली फुटबल खेलको व्याबस्वस्थापनमा हुने भएको हो । क्लबका अध्यक्ष धिरेन चेम्जोङका अनुसार बिभिन्न समस्याले घटस्थापनका दिन देखि खेल सुरु गर्न नसकिए पनि आजबाट सुरु हुने भएको हो ।
‘इलामको परम्परा सँग जोडिएको खेल भएकाले पनि हामीले खेलाउन लागेका हौँ ।’ चेम्जोङले भने‘चाडको समयमा रमाइलो गर्नकै लागि हामीले यो खेल खेलाउन लागेका हौँ ।’
यो खेल अघिल्ला बर्षहरुमा दशैको घटस्थापना देखि तिहारको टिकाको अन्त्य हुने गरेको थियाृे ।  चेम्जोङका अनुसार पञ्चायत कालमा तत्कालिन सहायक मन्त्री प्रकाशचन्द्र मुखियाले इलाममा भित्रियाएका हुन् । बर्षेनि एक संस्थाले व्याबस्थापन गर्नुपर्ने यो खेल यस पटक यस संस्थाले गरेको हो । उनका अनुसार तत्कालिन समयमा हालको आदर्श आधारभुत विद्यालयमा हुने गरेको खेल मानिसको चापाचाप बढी हुने र ठाउँ अभाव भएपछि इलाम चोक बजार गर्दै आइएको छ ।
हाउजी खेलमा मनोरञ्जन लिनका लागि इलाम बजारका बासिन्दा  मात्र नभई अन्य क्षेत्रबाट पनि मानिस  आउने गरेका छन् । इलामको परम्पराका रुपमा रहेको यो खेल खेल्न जिल्ला प्रशासन कार्यालयबाट यस बर्ष स्वीकृति नभएपनि इलाम नगरपालिकाले स्वीकृति दिइ सकेको छ ।
नगरपालिकाका प्रमुख महेष बस्नेतका अनुसार स्थानीय तहलाई अधिकार दिएकाले हाउजी खेलको स्वीकृति पनि नगरपालिकाले दिएको हो ।
 
 
 
 
 

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...