समाचार

दशैंमा यातायात ब्यवस्था नियमन सुचारु गर

२०७४ असोज १० मंगलबार गते ०८:५६ मा प्रकाशित


                
गाउँमा भन्दा शहरहरुमा बढिमात्रामा सुबिधा हुनु सभाविक हो । नेपाललाई गाउँ नै गाउँले भरिएको देश भन्ने गरिन्छ । जीवन यापनमा शहरी वातावरण सहज रहन्छ तर त्यसका लागि आर्जनको मात्रा बढि हुन पनि जरुरी छ । शहर भन्ने बित्तिकै बाँणिज्य र उद्योग ब्यवसायलाई सम्झनु पर्ने हुन्छ । मानवीय आवश्यकताका अनिवार्य सुबिधाहरु जसतै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, बिजुली तथा किनमेल गर्नु पर्ने बस्तुहरुको सर्वसुलभता भन्ने बुझिन्छ । नेपालका कैयन गाउँहरु अहिले बिधानले नगरमा परिणत भएका छन् । नेपालको नयाँ संविधानले गाउमा क्रमशः शहरीकरणका पूर्वाधारहरु खडा गर्दै लगेर कालान्तरमा नेपाललाई शहरमा परिणत गर्ने दीर्घकालिन लक्ष रहेको पाइन्छ । भएका शहरहरु र नेपालको औद्योगिक अवस्थालाई हेर्दा संविधानको परिकल्पना पूराहुन शदियौं लाग्ने छाँट देखिन्छ । 
काठमाण्डु नेपालको राजधानी शहरमा देशबाट भित्रिने र बाहिरिने मुख्य एक हवाई र एक मात्र सडक मार्ग छ । शिक्षा, रोजगारी, ब्यापार लगायतका कारण र देशको शासकीय केन्द्र भएकाले काठमाण्डुमा बसोबास र आवत जावतको चाप धेरै हनु स्वाभाविक मानिन्छ । तर जनघनत्वको तुलनामा सरल र सस्तो रुपमा आवश्यकीय सेवाहरुको सधै अभाव रहने गरेको छ । खाद्यबस्तुको महङ्गाइ, यातायातको जाम, खानेपानीको अभाव, सडकहरुको दूरावस्था आदिले काठमाण्डुबासीको जीवन यापन सहज नभएको बताइने गरेको छ ।
 दशैंको अवसरमा काठमाण्डुबाट लाखौं लाख मानिस चाड मनाउन बाहिरिने गर्छन् । हजारौं लामो तथा छोटो दूरीका यातायातका साधनहरु सञ्चालनमा भए पनि यसबखत गाडीको टिकट पाउन कठिन हुने गर्छ । यो समस्या यसबर्षको मात्र होइन । सधैं सवारी चालक वा कम्पनीहरुले यात्रुबाट तोकिए भन्दा बढि भाडा असुल्ने गरेका समाचार आउने गर्छन् । सरकारका नियामक निकायलाई टेरपुच्छर लगाउदैनन् । ठीक दशैंका बेला सरकारी पक्ष यातायात ब्यवसायीहरुलाई बढि भाडा लिन नदिने बताउदै आएको छ तर रोक्न सकेको छैन । यता यात्रुहरु जसरी पनि चाढ मनाउन बाहिरिनै पर्ने परिस्थितीमा रहनाले थप भाडा तिर्न बाध्य हुन्छन् । यस बखतको यात्रा पनि सहज र सुरक्षित हुनेमा आशंका रहने गर्छ ।
देशका वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले बढि भाडा असुल्ने, यात्रुले पाउने सुबिधा नदिने सवारी साधनलाई ऐन अनुसार कढा कारवाही गर्ने बताए । यसैबर्ष नभ्याइएला अर्को बर्षको लागि सुनिश्चित गरिने भनेको भए थोरै पत्यारिलो हुने थियो । वास्तवमा दशैं नेपालीहरुले सहजरुपमा मनाउन पाउन्नन् । आउदै गरेको आफन्त आइनपुगुञ्जेल सन्देह भैरहन्छ । कतिपय दूर्घटना परेका नजिरहरु धेरै छन् । 
 नेपालले सरकारको तर्फबाट सार्वजनिक यातायातका साधन सञ्चालन गर्न सकेको छैन । सरकारी सरह सञ्चालनमा आएको काठमाण्डुको साझा यातायात मर्दै बिउँझिदै गर्छ भने देशभर साधनको ब्यवस्था गर्ने नीति आउन निकै असामयिक सोच हुने छ ।  काठमाण्डुमा बस चलाउन नसक्ने सरकार बेलाबेला मेट्रोरेलको कुरा गर्छ, जाम हटाउन प्mलाइओभर र सुरुङ मार्गको कुरा पनि गर्छ । नेपालमा महत्वाकांक्षाहरु धेरै छन् तर क्रमिक रुपमा काम सक्तै जाने प्रतिबद्धता छैन । सरकार चाँडोचाँडोफेरिने हुँदा निर्माणका मुद्दा राजनीतिका बिषयबस्तु बन्दछन् । आग्रह र पूर्वाग्रह बन्दछन् र आलोचनाका बिषय बन्दछन् । यता जनतालाई भने हरेक बर्ष उही समस्याले गाँजेको छ । वास्तवमा काठमाण्डु बाट बाहिरिएर पर्व मनाउन घर आउनु भनेको अति जोखिमपूर्ण रहेको छ ।

                             


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...