space for add
space for add

समाचार

साङरुम्बामा बडादशै कप नकाउट फुटबल प्रतियोगिता सुरु

२०७४ असोज ६ शुक्रबार गते ०७:११ मा प्रकाशित

सन्दकपुर संवाददाता

;इलाम, 6 असोज ;

इलाम नगरपालिका– १२ साङरुम्वामा बडादशै कप नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । साङरुम्वा युथ फुटबल क्लबको आयोजना भएको प्रतियोगितामा इलाम नगरपालिका, देउमाइ नगरपालिका र सन्दकपुरका २५ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आज ३ बटा खेल सम्पन्न भए । पहिलो खेलमा सिवाइसी जितपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै साङरुम्बा–११ ए बिजयी भएको छ । त्यसै गरी दोश्रो खेलमा सोयाक एक्टिभ युथ क्लब बिजयी भएको छ । सोयाक र नव स्र्पो्टिङ माबु बिचको खेल निर्धा्रित समयमा १–१ गोल भएपछि निर्णय ट्राइवेकरबाट गरिएको थियो । ट्राइवेकरमा नव स्र्पो्टिङको चुनौती ३–४ गोलले पन्छाउदै सोयाक दोश्रो चरणमा प्रवेश गरेको छ ।

त्यसै गरी तेश्रो तथा अन्तिम खेलमा जितपुर फुटबल क्लब अनुपस्थित भएपछि अल स्टार क्लब साङरुम्बा बाकओभर पाउदै दोश्रो चरणमा प्रवेश गरेको छ । असोज ११ गते फाइनल हुने प्रतियोगिताको बिजेताले नगद ३० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरी उपविजेताले नगद १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष दर्शन राईले बताए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई ट्रफी प्रदान गरिनेछ । प्रतियोगिता अन्र्तगत शुक्रवार ४ वटा खेल हुनेछ । शुक्रबार हुने पहिलो खेलमा साङरुम्बा–११ बी र श्रीजंघा लिङसुवा बिच प्रतिस्पर्धा हुनेछ । अन्य खेलमा टिएफसी साङरुम्बाले वात्लुङ एफसी देउमाइ, टिएसी सोयाकले फतेजुङ फुटबल क्लब देउमाइ तथा आयोजकले डिएफसी देउमाइ संग प्रतिस्पर्धा गर्नेछन ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...