समाचार

सफल उद्यमी मिलनकुमारी

२०७४ असोज ६ शुक्रबार गते ०७:०७ मा प्रकाशित


भगीरथ भण्डारी

इलाम, 6 असोज
गरे अवस्य सफल भइन्छ भन्ने कुरालाइ प्रमाणीत गरेकि छन इलाम नगरपालिका १ साँखेजुङ्ग की मिलनकुमारी खत्रिले । प्रतिकेजि ९ रुपैयाँमा समेत चियाको हरियो मूना बिक्रि नभएपछि मिलनकुमारीले आफै चिया प्रशोधन गर्न थालिन । हरियो चियाको मुना आफ्नै बारिको थियो । उनी भन्छिन् सुरुमा चियाको मुनालाई कसरि सुकाउने र तयार गर्ने भन्ने थाहा थिएन । शुरुमा चिया कारखानाले हरियो चियाको मुना प्रतिकिलो ४० रुपैयाँमा बिक्रि हुन थालेपछि खाध्यबालि मासेर चियाको खेती गर्यौ । उनी भन्छिन् चिया खेती शुरु गर्दा ४० रुपैयाँमा बिक्रि हुदै आएको हरियो मुना आफ्नो बारिको उत्पादन हुन थालेपछि  ८ रुपैयाँमा झर्यो । त्यो पनि राम्रो मुना भएन भन्दै कारखानाले दिनैपच्छिेको गालि गथ्र्यो गालि सहन नसकेर आफै चिया बनाउने निर्णय पुगे ।
चिया बनाएर बजारमा पु¥याउन त्यसवेला सजिलो थिएन ।  आफुसँग लगानी गर्ने पैशा नभएपनि हिम्मत नहारी दिनभर घाँममा र बेलुकी चुृल्होमा चियाको मुना सुकाएर चिया बनाए । चैत र बैशाख महिनाको घाममा चियाका मुना सुकाएर तयार पाररे जेठ,असार र साउन महिनामा चुल्होमा मुना सुकाएर बनाएको चिया गाउँमै बिक्रि भयो । यसरी तयार पारेको चिया प्रतिकेजी २ सय रुपैयाँमा बिक्रि गर्दा पनि फाइदै भयो । आफैले बनाएको चियापनि राम्रो मूल्यमा बिक्रि भएपछि उत्साह बड्यो । त्यसपछि टिनको पातामा चिया सुकाएर तयार गर्न थाले । आफ्नै बारिमा उत्पादन हुने हरियो मुना प्रशोधन गर्दै आएकी मिलनकुमारी खत्रीले अहिले तीन सय जना किसानको हरियो मुना प्रशोधन गर्दै आएकी छन् ।
शुरुमा  आलु, छुर्पी र घ्यू सँग चिया साटेर भएपनि आफ्नो लगानी उठाउने योजना बाट शुरु गरेकी मिलनकुमारी भन्छिन् सानो उदेश्यले चिया तयार पारेपनि शुरुकै वर्ष इलामका बजारमा आउने देश बिदेशका पर्यटकले मन पराएर माग बढ्यो । त्यसपछि घरेलु तथा सना उद्योग विकास समिति इलामले प्रदर्शनीमा सहभागि हुन बोलाएपछि चियाको बजार निकै बढ्यो ।  उद्योग दर्ता गर्नुपर्छ भन्ने थाहा थिएन पछि घरेलुको औद्योगिक प्रदर्शनीमा पुगेपछि थाहा भयो । औद्योगिक प्रदर्शनी बिक्रिमा लगेको चियाबाट प्राभावित भएर घरेलु तथा साना उद्योग विकास समितिले रोलिङ्ग मेसिन सहयोग गरेको उनी बताउँछिन् । रोलिङ्ग मेसिन प्राप्त भएपछि उद्योगमा चिया प्रशोधन सहज भएको थियो । शुरुका वर्ष तीन सय किलो तयारी चिया बिक्रि गरेपनि वर्षै्पिच्छे माग बढ्दै गएकाले प्रशोधन बढाएको उनी बताउँछिन् ।
२०६५ सालमा काठमाडौँमा सम्पन्न औद्योगिक प्रदर्शनीमा सहभागि भए । स्टलमा आउने धेरैले चियालाई गुन्द्रक भनेर खिल्लि उडाएको उनको गुनासो छ । दैनिक ५० किलो हरियो मुना सुकाएर चिया बनाउन थालेकी मिलनकुमारी खत्रिले अहिले दैनिक ११ सय किलोसम्म प्रशोधन गर्न सक्ने उद्योग स्थापना गरेकी छन् । उनको उद्योगले लेकाली कृषि सहकारी संस्था, प्रगतिशिल कृषक समूह र सिर्जनसिल कृषक समुहमा आवद्ध किसानबाट हरियो चियाको मुना खरिद गरेर प्रशोधन हुदै आएको छ । उद्योगमा हरियो चियाको मुना ल्याउने किसानलाई ठुलो चिया कारखानाको भन्दा बढी मूल्य दिने गरिएको उनी बताउछिन ।
अहिले उद्योगमा किसानले उनको कारखानामा चिया सुइरोमात्र प्रतिकिलो १००० रुपैयाँ, १ पात १ सुइरो प्रतिकिलो ३५० रुपैयाँ, २ पात १ सुइरो प्रतिकिलो १३० रुपैयाँ र नरमल ६० रुपैयामाँ हरियो मुना बिक्रि गर्दै आएका छन् । पूर्णरुपमा जैविक तरिकाले उत्पादन भएको हरियो चिया पत्ति प्रशोधन गरि तयार पारेको चिया रुसमा निर्यात हुने गरेको छ । उद्योग स्थापना भएपछि चिया बिक्रिका लागि कुनै समस्या छैन । उद्योगमा गत साल १२ टन चिया उत्पादन गरेको मलिनकुमार खत्रिले बताइन् । उनको उद्योगमा ग्रीन टि, ह्वाट टी र ब्लायक टि तयार गरिदै आएको छ । उद्योगमा तयार पारेको ह्वाइट टि केजीको तीन देखि चार  हजारमा बिक्रि हुने गरेको छ ।
उनी उद्यमी मात्र नभएर गाउँमा जैविक चिया उत्पादनका लागि अभियानकर्ता पनि हुन् । जुनबेला ठुला कारखानाबाट उत्पादित चिया भारतका बजारमा बिक्रि हुन मुस्किल थियो उसबेला उनको चिया रुस निर्यात हुदै आएको थियो । रसायनीक मल प्रयोग गरेको चिया तेस्रो मुलक निर्यात ठप्प भएका बेला रुसमा चिया निर्यातबाट राम्रो आम्दानी भएको उनी बताउँछिन् । उद्योग स्थापना भएपछि १३ जनाले  रोजगार पाएका छन् । सिजनमा थप १५ जनालाई रोजगार दिएको छु । उनी भन्छिन् अरुको भर पर्नुभन्दा आफै केही गर्ने प्रयास गरे अवश्व सफल भइनेरछ । 
उनी उन्नतीको सहयोगले चिया प्रशोधनमा ठूलो सहयोग भएको बताउछिन । सहयोग बाट मिसिन ठूलो  किनेकोे हुदाँ चिया प्रशोधन अझ बढाउन सकिनेमा ढुक्क छिन । उन्नतीको सहयोगले  गाडि किनेको हुदाँ किसानको चिया गाडिले ल्याउछ र किसानलाइ  कारखाना सम्म चिया ल्याउन सहयोग भएको उनी बताउँछिन् । 

 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...