समाचार

अदुवामा रोगलागे पछि किसान चिन्तित

२०७४ असोज ५ बिहिबार गते ०९:२४ मा प्रकाशित

भगीरथ भण्डारी

इलाम, 5 असोज : मुख्य नगदेबालीको रुपमा खेति गरिँदै आएको अदुवामा रोग लाग्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् ।
वर्खा समय पछि मौसम खुलेसँगै अदुवा मर्नथालेको किसानको भनाइछ ।
अदुवा खेतीमा लगानी गर्ने भन्दै विभिन्न कार्यक्रम बोकेर हिँडेपनि किसानका समस्या समाधान हुन सकेकेको किसानको गुनासो छ ।
अन्य खेतीलाई छोडेर अदुवा खेतीलाई नै मुख्य व्यवसाय बनाएर खेती गर्न थालेका किसान वढी समस्या पर्न थालेको  पाइएको छ । जिल्ला कृर्षि विकास कार्यालयले वर्षेनी कृषि बालीमा लगानी गरेपनी किसानले लगाएको बालिमा रोग देखापर्न छाडेको छैन् ।
३ वर्षअघि देखि अदुवा खेती गर्दै आएका फाकफोकथुम ३ आमचोकका किसान प्रदिप पौड्यालले १० मन अदुवा रोपेका छन् । पानी परेर घाम लागेपछि अदुवा मर्ने गरेको उनी बताउँछन् । पहेलो भएर भदौ असोजमा मरेको अदुवाबाट नेक्सान मात्र हुने गरेको उनको भनाइ छ । विगत बर्षमा पनि यहि समयमा मर्ने गर्दथ्यो । अहिलो मरेको अदुवालाई खनेर अर्को बाली लगउदा केही फाइदा हुन्छ तर अदुवाले विउको दाम पनि नबोक्ने पौड्यालको भनाइ छ ।
त्यस्तै फाकफोकथुम गाउँपालिका वडा नं. १ का किसान जीवन सुवेदीले विगत दुई वर्षसम्मको अदुवा खेति लगातार मरेपछि अहिले खेतीनै गर्न छाडेको बताए । विउ किनेर खेती गरेपनि आम्दानी नपाएपछि खेती गर्न छाडेको उनले भने । त्यस्तै फाकफोकथुम गाउँपालिका २ का किसान डम्बर निरौला अदुवा अहिलेसम्म नमरेको बताउछन् । १५ मन अदुवा रोपेका उनको अदुवा कताकता पहेलोमात्र देखिएको छ । निरौलाले अदुवाखेती अर्गानिक तरिकाले गरेको र पहेलो भएठाउँमा वस्तुको गहुत छिट्ने गरेको बताएका छन् ।
फाकफोकथुम ३ का किसान लेखनाथ लुङ्गेलीले पनि १३ मन अदुवा रोपेका छन्, उनको अदुवा पनि कतै कतै पहेलो देखिन थालेको छ । विगत  वर्षदेखिनै अदुवा मर्ने गरेपनि रोप्न नछाडेको बताए उनका अनुसार खेतीका लागि गरेको लगानी अनुसारको आम्दानी लिन नसकिने छ । भाउ नआएको कारणले पनि आम्दानी लिन सकिदैन रोगलागे पछि खेतिले चिन्तित बनाउछ लुङ्गेलीले 
भने । 
इलाम जिल्लामा ३ हजार २ सय ३३ हेक्टर जमिनमा अदुवा खेती भइरहेको जिल्ला कृषि विकास कार्यालय इलामका योजना अधिकृत प्रकाशमणी काफ्लेले बताएका छन् । 
ढुसिजन्य रोगका कारणले अदुवाको गानो कुहिने हुँदा प्रत्येक वर्ष नयाँ ठाउँमा रोपिनु पर्ने काफ्लेले बताए । उनका अनुसार किसानलाई अदुवाखेती सम्बन्धी कृषक पाठशाला तालिम सञ्चालन गर्ने गरेको छ । अदुवाखेती प्रवद्र्धनको लागि कार्यालयले गतवर्ष चारलाख छुट्याएको काफ्लेले बताए ।
कृषि विकास कार्यालयले जति खर्च गरेको भनेपनि किसानका समस्या समाधान हुन सकेको छैनन् ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...