space for add
space for add

समाचार

साङ्रुम्बामा नकाउट फुटबल प्रतियोगिता हुने

२०७४ भदौ २९ बिहिबार गते ०७:४५ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, 29 भदौ :
 यसपालीको दशैँ तथा तिहारको अवसरमा साङ्रुम्बाको साङ्रुम्बा युवा फुटबल क्लबले खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । दशैँको घटस्थापना पछि हुने प्रतियोगिता साविक साङ्रुम्बा २ हाल इलाम नगरपालिका १२ को अमरज्योति खेलकुद मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
आयोजक क्लबका अध्यक्ष दर्शन राईका अनुसार प्रतियोगिताको बिजेता टोलीले नगद ३०  हजार रुपैयाँ, टूफि, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने टीमले नगद १५ हजार रुपैयाँसहित टूफि, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीलाई पनि टूफि, मेडल र प्रमाणपत्र तथा अनुशासित टीमलाई टूफि प्रदान गरिनेछ ।
प्रतियोगिताका लागि इच्छुक टीमलाई आयोजक क्लबले यही असोज ४ गतेसम्ममा टीम दर्ता गरिसक्न आह्वान गरेको छ । दर्ता शुल्कबापत प्रति टीम एक हजार नौ सय ५० रुपैयाँ लाग्ने बताइएको छ ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...