space for add
space for add

समाचार

स्वादका पछि लागेर अखाद्य बस्तु सेवन नगरौं

२०७४ भदौ २७ मंगलबार गते ०७:५४ मा प्रकाशित

हाम्रो प्राण रक्षाको माध्यम मुख्यतया हामीले खानेकुराहरु हुन् । भोक लाग्छ जब शरीरलाई खानाको आवश्यकता हुन्छ, तब खाना चाहिन्छ । शरीरका आन्तरिक अङ्गहरु हाम्रो इच्छा र आदेशमा चल्दैनन् । स्वचालित अङ्गहरु अनवरत कार्यरत रहन्छन । सबै अङ्गहरुको कार्य बिभाजन प्रकृतिले नै गरिदिएको छ । एकको काम अर्कोले गर्ने कुनै सम्भावना छैन । हामीले आहारमा प्रयोग गरिने धेरै बस्तुहरु छन् । ती हामी बनस्पति र पशुहरुबाट पाउछौं । एउटै प्रकारको खानाबाट शरीरलाई चाहिने आवश्यक सबै तत्वहरु पाइदैनन् । त्यसैले हाम्रा खाने कुराहरुमा बिबिधता छ । अन्नवर्ग, सब्जी, चिल्लो पदार्थ, मासु र दूध हाम्रा प्रमुख खाने कच्चा पदार्थ हुन् । यिनै चिजहरुबाट अनेक प्रकारका खाद्य परिकार बनाइने गरेको छ । 
खाद्यपरिकार निर्माण आधुनिक बिज्ञानको एउटा महत्वपूर्ण पाटोको रुपमा बिकसित भैसकेको छ । एउटै बस्तुबाट सैकडौ. परिकारहरु बनाइन्छन् । यसता परिकारहरु बनाइनुको कारण भनेको जिब्रोलाई सन्तुष्ट गराउन मात्र हो । जिब्रोले स्वादको पहिचान गर्छ । यसले स्वादको अनुभूति गराउने हुनाले खानेकुराबाट हामी सन्तुष्टि र आनन्द लिन सक्छौं । जिब्रोको काम स्वाद लिने मात्र त होइन दाँतको चपाउने काममा घान लगाएर सहयोग गर्नु, निल्न र पचाउन आवश्यक रस निकाल्नु, बोल्न प्रष्ट आवाज उत्पादन गर्नु पनि हो । यतिमात्र होइन शरीरलाई आवश्यक खाद्य आपूर्ति भैसकेपछि जिब्राले स्वाद दिन बन्द गर्छ । तर, हामी जिब्रोको स्वाद र पाइने सन्तुष्टिका पछि लागेर स्वाद निर्माण गर्न खाने बस्तुमा अनेक अप्राकृतिक र शरीरलाई हानी पुर्याउने तत्वहरु पनि मिसाउने गर्छौं । मसला जन्य खाद्य शरीरको लागि अति आवश्यक मानिदैन जसले खाद्यलाई सुगन्धित र स्वादिष्ट बनाउछ । खोर्सानी एउटा महत्वपूर्ण स्वादिष्ट परिकारमा गणना भएको छ । यो स्वाद बाहेक केही पनि होइन भनिन्छ । चिल्लो पदार्थ शरीरकोलागि आवश्यक मानिन्छ तर जबसम्म यो सन्तुलित रुपले खाइन्छ । 
अहिले बजारमा अनेक प्रकारका तयारी स्वादबर्धक खाने कुरा पाइन्छन् । डाक्टरहरु यसता खानेकुरा नखान सल्लाह दिन्छन् । ममः, चाउचाउ जस्ता खानेकुरामा प्रयोग गरिने अजिना स्वास्थ्यका लागि हानिकारक मानिएको छन् । यहाँ सम्म कि बजारमा पाइने तयारी मसला र तेलमा पनि रासायनिक मिसावट भएको बताइन्छ । बताइए पनि वा हानिकारक छ भनेर जानेपनि यस प्रकारका खाद्यहरु खान हामी बाध्य छौं तापनि सजग हुन भने जरुरी छ ।
यस बेलाका ६० बर्ष र माथिका सबै नेपालीलाई थाहा छ बिशेष खानेकुराहरु सामयिक रुपमा खाने चलन थियो । आम नेपालीको भुटेको मकै दिवा नास्ताको मुख्य परिकार थियो । मकैको वा धानको चामल मिसाएको भात, अनिवार्य रुपमा दूध, दही नभएपनि मोही दैनिक खाद्य बस्तु थिए । साल भरमा साउने र माघे सक्राँन्ती, दशैं र बिहेमा जन्तेबाख्रो नामले चारपटक मासु खाने चलन थियो । दशैंमा र मलामी जाँदा चिउरा, तिहारमा सेलरोटी खाने चलन थियो । बजारमा किनेको चिउरा, तेल कमै मानिसले खाने गर्थे । परिवारलाई बर्षभरिलाई खान पुग्ने सबै प्रकारका खाद्य आप्mनै खेतबारीमा उब्जाउने प्रचलन थियो । ३० साल सम्म इलाम वजारमा चलानी चामल खोजिमर्दा पाइन्नथ्यो । ती खाद्य सामाग्री निश्चय पनि अग्र्यानिक र शुद्ध थिए । उसबेला रोगको उपचारको काम खानेकुरा आफैंले गथ्र्येा ।
अहिले सारा नेपाली खाद्य बस्तु किनेर मात्र खाने बाध्यतामा पुग्यौं । किन्नै परेपछि स्वादिलो किन्न थाल्यौं । मिसावटयुक्त खानेकुरामा आकर्षित भएका छौं । नेपालमा परिक्षण गरेर खाद्य मापदण्ड निर्धारण हुने गरेको छैन । इलामको शन्तिचोकमा पवन खत्रीले निश्चयपनि तेलमा पकाएका स्वादिला र शुद्ध सेलरोटी बेच्छिन् ।  चाउमिन र अन्य बिबिध फास्टफुड भन्दा सेलरोटी राम्रो हो । स्वाद मेटाउँ तर शरीरलाई तेलको बढिमात्राले असर नगरोस् । पवनले शुद्धता र स्वादमा पहिचान बनाउन ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...