समाचार

इलाममा बर्षेनी ६६ हजार पर्यटक आउ“छन्

२०७४ श्रावण १५ आइतबार गते ०७:१८ मा प्रकाशित

रोहितचन्द्र भट्टराई
इलाम, १४ साउन : इलाम जिल्लामा आन्तरिक र बाह्य गरि बर्षेनी ६६ हजार भन्दा बढी पर्यटक घुम्न आउने गरेको पाइएको छ । जिल्ला समन्वय समिति (साविक जिल्ला विकास समिति)ले इलामको दक्षिणी प्रबेशबिन्दु जोरकलसमा सञ्चालन गरेको पर्यटन सूचना केन्द्रको गत आर्थिक वर्षको तथ्याङ्कले यस्तो देखाएको हो । 
सूचना केन्द्रका कर्मचारीसमेत रहेका पत्रकार गगन घिमिरेका अनुसार सूचना केन्द्रमा दर्ता भएर वा जानकारी गराएर इलाम घुम्न आउने पर्यटकको संख्या गत आव २०७३÷०७४ मा ६६ हजार २९९ रहेको छ । तीमध्ये २९ हजार ८२९ जना महिला र ३६ हजार ४७० जना पुरुष रहेका छन् । यो संख्यामा बिदेशी पर्यटकको संख्या १५४ जना रहेको पनि पत्रकार घिमिरेले जनाए । 
यो संख्या जोरकलसमा सवारी रोकेर जानकारी गराउनेको मात्र हो । कतिपय पर्यटकका गाडि जोरकलसमा नरोकिने र आपूm घुम्न आएको पनि जानकारी नगराउने गरेको पाइएको छ । घिमिरेले भने, ‘बिहानदेखि बेलुकासम्म भ्रमणका लागि आएका सवारीलाई रोकेर सोधपुछसहित इलामको जानकारी गराउने क्रममा पाइएको तथ्याङ्क यो हो । रातको समयमा आउने गाडि र दिउँसो पनि नरोकि गएका गाडिमा आएका पर्यटकको संख्या तथ्याङ्कमा छैन ।’
इलाम आउने पर्यटकमध्ये झण्डै आधा पर्यटक कन्यामसम्म मात्र आउने गरेका छन् । केन्द्रको सो अवधिको तथ्याङ्कअनुसार २४ हजार ५२ जना पर्यटक कन्याम आएर फर्किएका छन् । चार हजार ३३२ जना फिक्कलसम्म, ७४४ जना श्रीअन्तुसम्म, १७ हजार १९२ जना पशुपतिनगरसम्म, १७ हजार ५५६ जना इलाम बजारसम्म आइपुग्ने भनेर केन्द्रमा दर्ता भएको घिमिरेले सन्दकपुर दैनिकलाई बताए ।
अघिल्लो आर्थिक वर्षमा भने पर्यटक भित्रिएको संख्या यसको आधाभन्दा कम थियो । दर्ता गर्ने पर्यटकको संख्या नै कमी भएको कारण अघिल्लो वर्ष पर्यटक कमी देखिएको उनको भनाई थियो । जिल्ला समन्वय समितिले केही वर्ष अघिदेखि रोङ गाउँपालिकामा पर्ने मेची राजमार्गको जोरकलसमा पर्यटन सूचना केन्द्र खोलेर पर्यटक आएको तथ्याङ्क राख्ने र पर्यटकलाई इलामका बारेमा जानकारी दिने काम गरिरहेको छ ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...