समाचार

विराटनगर जुट मिल पुनः सञ्चालन : नामका लागि मात्रै नभएर काम नै गरियोस्

२०७४ श्रावण १५ आइतबार गते ०७:०६ मा प्रकाशित

आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको विक्रम सम्बत् १९९३ मा स्थापित नेपालको पहिलो उद्योग विराटनगर जुट मिलको व्यवस्थापन पक्षले चार वर्षदेखि बन्द भएको उद्योग आगामी मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको समाचार सार्वजनिक भएको छ । स्थापनासँगै नेपालमा औद्योगिक क्रान्ति सुरु गराउने प्रेरणा समेत मिलेको यो उद्योग यसअघि चरम राजनीतिक हस्तक्षेप र विद्युतभार कटौतीका कारण पटक–पटक बन्द हुने र खुल्ने गरेको थियो । यही उद्योगमा विसं २००३ मा सुरु भएको राजनीतिक क्रान्तिले राणा शासनको अन्त्य गरेको थियो ।
यतिधेरै महत्वपूर्ण भूमिकाहरु निर्वाह गरिसकेको ऐतिहासिक उद्योग सञ्चालन गराउने कुरा सकारातमक हो । तर यो उद्योग सञ्चालन गर्ने नाममा नजिकिएको प्रदेश र संघको चुनावलाई प्रवावित तुल्याउने र पुनः ब्यवस्थापकीय कमजोरी गर्दै उद्योग घाटामा लाने वा बन्द नै गर्ने प्रपञ्च भने नरचिएकै राम्रो । पटकपटक बन्द भएको यो उद्योग सञ्चालन गर्दा घाटा नै हुन्छ भने त्यसलाई बन्दै गरेर अर्को काम त्यहाँ सञ्चालन गरे फरक पर्दैन । जुन ऐतिहासिक महत्व बोकेको छ यो उद्योगले, त्यसलाई सङ्ग्रहालयको रुपमा प्रस्तुत गरेर धेरै उपयुक्त हुनेछ । 
पछिल्लो पटक भारतीय कम्पनी विमसम इन्टरनेशनललाई ब्यवस्थापकीय जिम्मेवारी दिइएको यो उद्योग विमसमले जिम्मा लिएपछि पनि नियमित सञ्चालन हुन सकिरहेको छैन । वार्षिक करिब डेढ करोड सरकारलाई बुझाउने गरी विमसमलाई २५ वर्षका लागि सञ्चालन गर्न दिइए पनि १५ महिना भन्दा बढी सञ्चालन हुन सकेको छैन ।
त्यसैले आइन्दा सञ्चालनमा ल्याउँदा अहिलेसम्म भएका कुनै कमी कमजोरीहरु नदोहोरिउन् । र उद्योगलाई फाइदामा लाँदै न्यून आय भएका नेपालीको रोजगारी स्थापना, आर्थिक उन्नति लगायतका काममा सघाउ पुगोस् । 
विद्युत, कामदार, कच्चा पदार्थ, बजार जस्ता कुराहरुमा अल्झिएर उद्योगलाई सधैँ धरासायी बनाउनु भन्दा नचलाउनु राम्रो हुन्छ । चलाउने नै हुँदा राम्ररी सञ्चालन गरियोस् ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...