समाचार

सूचनाको हकसम्बन्धी ऐन पूर्ण कार्यान्वयनमा जोड

२०७४ श्रावण १३ शुक्रबार गते १४:४० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, १३ साउन :
दश वर्षअघि ब्यवस्थापिका संसदबाट जारी भएको सूचनाको हकसम्बन्धी ऐन, २०६४ को कार्यान्वयनमा सबै सरोकारवालाको ध्यान जानु पर्ने इलाममा आयोजित एक अन्तरक्रियाका सहभागीले धारणा राखेका छन् । राष्ट्रिय सूचना आयोगको सहयोगमा नेपाल पत्रकार महासंघ इलाम शाखाले शुक्रबार सदरमुकाममा आयोजना गरेको सूचनाको हक संरक्षण, संवद्र्धन र प्रचलन विषयक अन्तरक्रियाका सहभागीले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा सहभागी रहेका जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीहरु, नवनिर्वाचित जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधीहरु र सञ्चारकर्मीहरुले हरेक नागरिकको अधिकारको रुपमा रहेको सूचनाको हक समान रुपमा प्राप्त हुनुपर्ने र त्यसका लागि सूचनादाता र सेवाग्राही उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । इलाममा सूचनाको हकबारे सबै सर्वसाधारण सचेत हुन नसकेको, कार्यालयमा गएका सेवाग्राहीले आप्mनै कामको सिलसिलामा पनि चाहिने सूचना सही रुपमा प्राप्त गर्न कठिनाई भएको तथा सेवाप्रदायक संस्थाको तर्पmबाट पनि कानुनअनुसार सूचना उपलब्ध गराउन नसकिरहेको पत्रकारहरुको धारणा थियो ।
आगामी दिनमा कानुनअनुसार सेवाप्रदायक संस्थाले सूचना उपलब्ध गराउन र सेवाग्राहीले प्राप्त सूचनाको सही सदुपयोग गर्न जोड दिइयो । महासंघको शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्कासहित सरकारी कार्यालय र गैरसरकारी संस्थाका प्रमुख तथा सूचना अधिकारी, इलाम नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ठाकुर श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधी र पत्रकारको संलग्नता रहेको थियो । कार्यक्रममा महासंघ इलाम शाखाका संस्थापक सभापति धर्म गौतमले सूचनाको हकसम्बन्धी ऐनको बारेमा जानकारी सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि शाखाका पूर्व अध्यक्ष सटेन्द्र जबेगूसहितका सहभागीले जिज्ञासा तथा सुझाव राखेका थिए ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...