समाचार

अलैँची ब्लकलाई मेशिन औजार हस्तान्तरण

२०७४ असार २८ बुधबार गते १६:३९ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २८ असार :
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत देउमाई नगरपालिकामा सञ्चालित अलैँची व्लक कार्यक्रमको उद्घाटन तथा समाग्री हस्तान्तरण गरिएको छ । बुधबार जिल्ला कृषि विकास कार्यालय इलाममा आयोजित कार्यक्रममा देऊमाई ल्लक सञ्चालक समितिका अध्यक्ष राम रानालाई उक्त कार्यक्रमअन्तर्गत उपलव्ध एक पीकअप भ्यान र एक ट्याक्टरको साँचो स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काले हस्तान्तरण गरे ।
परियोजनाअन्तर्गत पीकअप ८५ प्रतिशत अनुदानमा र ट्याक्टर ५० प्रतिशत अनुदानमा उपलव्ध गराइएको बरिष्ठ कृषि विकास अधिकृत राम सोगारथ शाहले जानकारी दिए । उनले पीकअपको मूल्य २१ लाख र ट्रयाक्टरको १८ लाख परेको पनि जानकारी दिए । 
अलैँची व्लकमा साना सिञ्चाईलाई पाँचलाख, नर्सरी निर्माणमा ६ लाख, कस्टम हायरिङ् सेन्टरलाई १५ लाख, पोष्ट हार्भेष्ट सेन्टर निर्माणमा २० लाख, माटो परीक्षण शिविरलाई ६० हजार र बीउ बेर्नाका लागि ६० हजार उपलव्ध भएको बताइएको छ ।
यस देउमाई अलैँची व्लक सञ्चालन समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका बरिष्ट कृषि विकास अधिकृत रामसोगारथ शाहले सामग्री हस्तान्तरण गरे । 
सञ्चालक समितिका अध्यक्ष राम रानाको अध्यक्षतामा भएको कार्यक्रममा शाहले कार्यक्रम सञ्चालन गरेका थिए । उनले सरकारको ५१ लाख ३४ हजार र सहकारीको २० लाख ४९ हजारको लागतमा परियोजना सञ्चालन भएको जानकारी दिए । मिनी पावर टिलरहरु, कृषि औजारहरु, घाँस टुत्र्mयाउने मेशिन, टेवल, कुर्सी दराजहरु, पानी तान्ने मोटरहरु उपलव्ध गराइएको छ ।
कार्यक्रममा देउमाई नगरपालिकाका प्रमुख सुर्य पोख्रेलले आफू पनि व्लक परियोजनाको सदस्य भएकाले कृषिको आधुनिकीकरणमा परियोजनाले सहयोग गरेकोमा खुशी ब्यक्त गरे । कार्यक्रममा स्थानीय समाजसेवी र कृषि विकास कार्यालय इलामका अधिकृतहरु र परियोजना सदस्यहरुको उपस्थिति रहेको थियो ।
इलाम जिल्लामा परियोजनाअन्तर्गत सुर्योदय नगर पालिकाको आठघरेमा तरकारी ल्लक र देउमाई नगरमा अलैँची ल्लक सञ्चालनमा रहेका छन् । आठघरे तरकारी व्लकमा यस अगाडि नै दुई पीकअप भ्यान हस्तान्तरण गरिसकिएको छ । दुइहजार रोपनी क्षेत्रफलमा कुनै एक बालीलाई आधुनिकीकरण गरि यान्त्रीकरण तर्फ उन्मुख गराउनका लागि व्लकको परियोजना सञ्चालन हुँदै आएको छ । यस्तै जिल्लामा धान, मकै, अदुवा, तरकारी लगायतका क्षेत्रमा २५ वटा पकेट कार्यक्रम सञ्चालनमा छन् ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...