समाचार

इलाम : साक्षर जिल्ला घोषित

२०७४ असार २८ बुधबार गते १६:३८ मा प्रकाशित

सन्दकपुर संवाददाता

इलाम, २८ असार : जिल्लामा ९५ प्रतिशत भन्दा माथि साक्षरता दर हासिल गरिसकेको दावी गर्दै बुधबार साक्षर इलाम जिल्ला घोषणा गरिएको छ । अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरका निर्देशक चुडामणी पौडेलले साक्षर इलाम जिल्ला घोषणा गरेका हुन ।
जिल्ला शिक्षा कार्याालय इलामको अनौपचारिक शिक्षा कार्यक्रमको अभिलेख २०७४ अनुसार १५ वर्ष उमेर समूह माथिको जनसङ्ख्याको महिला ९६ प्रतिशत साक्षर भएका छन् । यस्तै पुरुष ९८ प्रतिशत साक्षर भएका छन् । कुल साक्षरता दर ९७ प्रतिशत कायम भएको छ । यसअघि साक्षरता कार्यक्रम सञ्चालन भएका विभिन्न साविकका गाउँ विकास समितिलाई साक्षर गाविस घोषणा गरिएको थियो ।
२०६७ सालको सर्भेक्षणमा जम्मा ५७ हजार आठ सय दश घरधुरीमा ४० हजार पाँच सय २३ जना निरक्षर पाइएको थियो । साक्षर नेपाल अभियान कार्यक्रममार्फत पुनः २०७१ सालको सर्भेक्षणलाई आधार मानेर कार्यक्रम सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बताए । 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...