समाचार

अपरमाई ‘सी’को ५ दशमलब १ मेगावाट थपियो

२०७४ असार २५ आइतबार गते १८:१९ मा प्रकाशित

अपरमाई ‘सी’को ५ दशमलब १ मेगावाट थपियो

सन्दकपुर संवाददाता 
इलाम, २४ असार :
सन्दकपुर गाउँपालिकाको वडा नम्बर ५ जमुना र वडा नम्बर ३ सुलुबुङको बीचमा भर्खरै निर्माण सम्पन्न भएको अपरमाइ ‘सी’ हाइड्रोपावर लिमिटेडले शनिबारदेखि उत्पादन शुरु गरेको छ । अढाई वर्ष अघि निर्माण शुरु भएको अपर माईको क्षमता ६ दशमलव एक मेगावाट भएपनि पीपीए सम्झौतामा पाँच दशमलव एक मेगावाट रहेको छ । शनिबार अबेरबाट पाँच दशमलव एक मेगावाट विद्युत उत्पादन भई राष्ट्रिय प्रशारणमा जोडिएको प्रवद्र्धक संस्था पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक सन्तोष प्रधानले जानकारी दिएका छन् । 
लिमिटेडले यसअघि माबुमा अपरमाई हाइड्रोपावर निर्माण सम्पन्न गरि १२ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । उक्त आयोजनाबाट बगेर जाने पानी सदुपयोग गरि अपरमाई सी बाट विद्युत उत्पादन गरिएको छ । अपरमाई सी अपरमाईकै क्यास्केट परियोजना हो । हालसम्म अपरमाई सी हाइड्रोपावर सम्पन्न गर्दा ९५ करोड खर्च भएको निर्देशक प्रधानले जानकारी दिए । 
नबिल बैङ्क, नेपाल बैङ्क जस्ता वित्तिय संस्थाले उक्त हाइड्रोमा लगानी गरेका छन् । धितोपत्र बोर्डबाट स्वीकृत भएपछि चाँडै नै स्थानीय बासिन्दाका लागि दश प्रतिशत शेयर खोल्ने तयारी भइरहेको कार्यकारी निर्देशक प्रधानले जानकारी दिएका छन् । गत महिना नै निर्माण सम्पन्न गरि उत्पादन शुरु गर्ने लक्ष्यमा रहेको अपरमाई सीको इलेक्ट्रो मेकानिकल कार्यमा समस्या आएपछि शनिबारमात्र उत्पादन परीक्षण सफल भएको थियो ।   


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...