समाचार

अलैँची ब्लक कार्यक्रम उद्घाटन र सामग्री हस्तान्तरण

२०७४ असार २३ शुक्रबार गते १८:०७ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २३ असार :
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत देउमाई नगरपालिकामा सञ्चालित अलैँची ब्लक कार्यक्रमको उद्घाटन तथा समग्री हस्तान्तरण गरिएको छ । देउमाई अलैँची व्लक सञ्चालन समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहले सामग्री हस्तान्तरण गरे ।
सञ्चालक समितिका अध्यक्ष राम रानाको अध्यक्षतामा भएको कार्यक्रममा शाहले कार्यक्रम मार्फत नर्सरी स्थापना, प्लाष्टिक पोखरी, कस्टम हायरिङ सेन्टर र तालिम केन्द्र स्थापना हुने जानकारी दिए । उनले सरकारको ५१ लख ३४ हजार र सहकारीको २० लाख ४९ हजारको लागतमा परियोजना सञ्चालन भएको जानकारी दिए । 
कार्यक्रम मार्फत एक पीक अप, एक ट्याक्टर, मीनी पावर टिलरहरु, कृषि औजारहरु, घाँस टुक्राउने मेशिन, टेवल कुर्सी दराजहरु, पानी तान्ने मोटरहरु उपलब्ध गराइएको छ । कार्यक्रममा देउमाई नगरपालिकाका प्रमुख सुर्य पोख्रेलले आफू पनि व्लक परियोजनाको सदस्य भएकाले कृषिको आधुनिकीकरणमा परियोजनाले सहयोग गरेको बताए । कार्यक्रममा स्थानीय समाजसेवी र कृषि विकास कार्यालय इलामका अधिकृतहरु र परियोजना सदस्यहरुको उपस्थिति रहेको थियो ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...