समाचार

माई नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमालेका दीपकुमार र विष्णुमाया

२०७४ असार १९ सोमबार गते १८:५५ मा प्रकाशित

माई नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमालेका दीपकुमार र विष्णुमाया

सन्दकपुर संवाददाता
इलाम, १९ असार :
दक्षिणी इलामको माई नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । प्रमुख पदमा एमालेका दीपककुमार थेवे र उपप्रमुख पदमा विष्णुमाया आचार्य विजयी भएका हुन् । उनीहरुले क्रमशः १५५१ र १२१३ मतको अन्तरले नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाई पराजित गरेका हुन् । काङ्ग्रेसका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु विष्णु हेम कुमार कार्कीले ४५२६ र चन्द्रमाया लिम्बूले ४६८३ मत ल्याएका छन् । विजेताहरु दीपक कुमारले ६०७७ र विष्णुमायाले ५८९६ मत प्राप्त गरेका छन् ।
माई नगरपालिकाका १० वडाहरु मध्ये आठ वटा वडाहरुमा एमालेको प्यानल विजयी भएको छ भने एउटा वडामा काङ्ग्रेसको प्यानल विजयी भएको छ । एउटा वडामा मिश्रित परिणाम आएको छ । वडा नम्बर १, २, ४, ५, ६, ७, ८ र ९ मा एमालेको प्यानल विजयी भएको हो । वडा नम्बर १० मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ भने वडा नम्बर ३ मा वडाध्यक्षसहित ३ जना वडा सदस्य काङ्ग्रेस र एकजना सदस्य एमाले विजयी भएका छन् ।
माई नगरपालिकाको वडा नम्बर १ (साविक दानाबारी गाविस ८, ९) मा एमालेको प्यानल नै विजयी भएको छ । वडा नम्बर १ मा एमालेका तर्पmबाट वडाध्यक्षमा पदम फागो (५३१), महिला सदस्यमा उमा मगर (६२५), दलित महिला सदस्यमा रस्मिला बराईली (६२१), खुल्ला सदस्यहरुमा ठगबहादुर राई (५८०) र प्रेम गिरी (५६३) विजयी भएका हुन् । 
त्यस्तै माई नगरपालिका वडा नम्बर २ (साविक दानाबारी गाविस १) मा पनि एमालेको नै प्यानल विजयी भएको छ । एमालेका तर्पmबाटै वडाध्यक्षमा खम्बसिंह लिम्बू (७२२), महिला वडा सदस्यमा हरिमाया गौतम (६६२), दलित महिला वडा सदस्यमा मैया बर्देवा (६४१) र खुल्ला वडा सदस्यहरुमा डिगबहादुर निरौला (६७३), रत्नबहादुर अधिकारी (५९८) विजयी भएका छन् ।
माई नगरपालिका वडा नम्बर ३ (साविक दानाबारी ५–७)को मा  सो वडाको वडाध्यक्षमा नेपाली काङ्ग्रेस पार्टीका शेरबहादुर एक्तेनले ३५८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले पार्टीका डिकबहादुर राईले ३२४ मत ल्याएका छन् । सो वडाको महिला सदस्यमा नेपाली काङ्ग्रेसकी विमला दनुवार, दलित महिला सदस्यमा काङ्ग्रेसकै मिनादेवी दमाई, खुल्ला वडा सदस्यहरुमा नेकाका गणेशबहादुर कार्की र एमालेका तर्पmबाट अर्जुन अधिकारी विजयी भएका हुन् ।

माई नगरपालिका वडा नम्बर ४ (साविक दानाबारी गाविस २ र ३)मा पनि वडाध्यक्षदेखि खुल्ला सदस्यसम्म नै एमालेकै प्यानल विजयी भएको छ । 

माई नगरपालिकाको वडा नम्बर ५ (साविक दानाबारी ४ र लक्ष्मीपुर ५) मा पनि एमालेको नै प्यानल विजयी भएको हो । सो वडाको वडाध्यक्षमा काङ्ग्रेसका बलराम रानालाई हराउँदै एमालेका गम्भीरबहादुर तामाङसहितको प्यानल विजयी बनेको हो । विजयी एमालेका तामाङले ४७५ र निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका रानाले ४२७ मत प्राप्त गरेका छन् । सो वडामा एमालेका तर्पmका उम्मेदवारहरुले महिला सदस्यमा  ५५९, दलित महिला वडा सदस्यमा ५६०, खुल्ला वडा सदस्यहरुमा ४९९ र ५९८ मत ल्याएर विजयी भएका हुन् । 

त्यसैगरी वडा नम्बर ६ (साविक महमाई १–४) मा पनि एमालेको नै प्यानल विजयी बनेको छ । 
माई नगरपालिका ७ (साविक महमाई गाविस ५–७) मा एमालेको प्यानल विजयी भएको छ । एमालेका तर्पmबाट वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य, खुल्ला सदस्यहरुमा क्रमशः रामप्रसाद सदेम्बाले ७३४, तेजकुमारी इदिङ्गोले ७२६, चन्द्रकला विश्वकर्माले ७३६, मदन निरौलाले ६९९ र लिलाबहादुर राईले ६९९ मत ल्याएर विजयी भएका हुन् । यी पदहरुमा निकटतम् प्रतिद्वन्द्वीका रुपमा नेपाली काङ्ग्रेसका तर्पmबाट क्रमशः श्रवणकुमार लिम्बूले ४८०, तारा राईले ४८६, ममता सिञ्चुरीले ४७०, नविन राईले ४४५ र हेम कुमालले ४३९ मत प्राप्त गरेका छन् । 
माई नगरपालिका वडा नम्बर ८ (साविक महमाई गाविस ८, ९)मा पनि एमालेको प्यानल विजयी भएको छ । एमालेका तर्पmबाट वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा खुल्ला सदस्यहरुमा क्रमशः भक्तबहादुर आङ्देम्बेले ६३३, शान्ता थेगिमले ६०८, मेनुकुमारी लामगादेले ६०९, अमृतबहादुर मोक्तानले ६२६ र बिर्खराम राईले ५८१ मत ल्याएर विजयी भएका हुन् । यी पदहरुमा निकटतम् प्रतिद्वन्द्वीका रुपमा नेपाली काङ्ग्रेसका तर्पmबाट क्रमशः ताराचन्द्र थापाले ३८५, पूmलमाया मगरले ३७३, देवी लकान्द्रीले ३६९, चन्द्र निरौलाले ३९८ र दिपक कुमालले ३४७ मत प्राप्त गरेका छन् ।
माई नगरपालिका वडा नम्बर ९ (साविक चिसापानी १–४, ९) मा पनि एमालेको नै प्यानल विजयी बनेको छ । 
माई नगरपालिकाको वडा नम्बर १० (साविक चिसापानी ५–८)मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...