समाचार

इलाम नगरपालिकामा एमालेका महेश र शुशिला विजयी

२०७४ असार १८ आइतबार गते १९:४४ मा प्रकाशित

इलाम नगरपालिकामा एमालेका महेश र शुशिला विजयी

सन्दकपुर संवाददाता
इलाम, १८ असार :
इलाम जिल्लाको सदरमुकाममा रहेको सबैभन्दा पुरानो नगरपालिका इलाममा यस पटकको स्थानीय निर्वाचनमा एमालेका तर्पmबाट नगर प्रमुख र उपप्रमुखमा क्रमशः महेश बस्नेत र शुशिला नेम्बाङ विजयी बनेका छन् । उनहरुले नेपाली काङ्ग्रेसका उम्मेदवारहरु हिमालय कर्माचार्य र चन्दा कार्की केसीलाई फराकिलो मतान्तरले पराजित गरेर विजयी भएका हुन् ।
२०५४ सालको स्थानीय निकाय निर्वाचनमा पनि इलाम नगरपालिकाको नगर प्रमुखमा निर्वाचित महेश बस्नेतले ११०३३ मत प्राप्त गरेका छन् । २०४२ सालको पञ्चायतकालिन स्थानीय चुनावमा निर्वाचित भई प्रधानपञ्च बनेका र २०५४ सालको स्थानीय निकाय निर्वाचनमा काङ्ग्रेसबाट नगरप्रमुखमा उम्मेदवार बनी एमालेका महेश बस्नेतसँगै ७३ मतले पराजित बनेका हिमालय कर्माचार्यले यसपटकको चुनावमा ९२६८ मत प्राप्त गरेका छन् ।
उपप्रमुखका उम्मेदवारहरु एमालेकी शुशिला नेम्बाङले १०९४६ र काङ्ग्रेसकी चन्दा कार्की केसीले ९२५४ मत ल्याएका छन् । १२ वटा वडाहरुमध्ये नगरपालिकाको वडाध्यक्षमा ६ जना एमाले र ६ जना काङ्ग्रेसबाट विजयी भएका छन् । ६ वटा वडामा एमालेको प्यानल विजयी भएको छ भने तीन वटा वडामा काङ्ग्रेसको प्यानल आएको छ । बाँकी तीनवटा वडामा काङ्ग्रेसको वडाध्यक्षमा जीत भएको छ भने वडा सदस्यहरुमा बाँडिएर जित भएको छ ।
इलाम नगरपालिका वडा नम्बर १ (साविक साँखेजुङ गाविस १–९)मा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ । नेकपा एमालेका तर्पmबाट वडाध्यक्ष पदमा उम्मेदवार बनेका अम्बिका गौतमले २५६ मतअन्तरले काङ्ग्रेसबाट उम्मेदवार बनेका पर्शु घिमिरेलाई पराजित गरेका हुन् । गौतमले १०८३ र घिमिरेले ८२७ मत प्राप्त गरेका छन् । 
वडा नम्बर १ मा एमालेका तर्पmबाट महिला सदस्यमा चित्रमाया गुरुङले १०७६, दलित महिला सदस्यमा पवित्रा रसाइलीले १०४०, खुल्ला वडा सदस्यहरुमा खड्गबहादुर गुरुङले १००८ र टेकबहादुर कटुवालले ९८५ मत ल्याएर विजयी बनेका हुन् । 
इलाम नगरपालिकाको वडा नम्बर २ (साविक सुम्बेक गाविस १–९) मा एमालेको वडाध्यक्षसहितको प्यानल विजयी भएको छ । त्यहाँ वडाअध्यक्षमा एमालेका तर्पmबाट उम्मेदवार बनेका नारद लम्सालले ७८७ मतसहित विजय हासिल गरेका हुन् । वडाध्यक्षमा काङ्ग्रेसका अच्युत निरौलाले ५२४ मतमात्र प्राप्त गरेका छन् ।
एमालेको तर्पmबाट महिला वडा सदस्यमा पूmलमाया जवेगूले ७६४, महिला वडा सदस्यमा सीता बराइलीले ७८२, खुल्ला वडा सदस्यहरुमा कर्णबहादुर राई र शेरबहादुर राईले क्रमशः ७५९ र ७५६ मत ल्याएर विजयी भएका हुन् ।
इलाम नगरपालिका वडा नम्बर ३ (साविक पुवामझुवा १–९)मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । त्यहाँ काङ्ग्रेसका तर्पmबाट वडाध्यक्षमा तीर्थ गुरुङले ८४१ मत ल्याएर विजयी भएका छन् । एमालेका वडाध्यक्ष उम्मेदवारले ६७६ मत पाएर पराजित भएका हुन् । सो वडामा काङ्ग्रेसबाट महिला वडा सदस्यमा मनकुमारी मुखियाले ८९३, दलित महिला सदस्यमा कमला दर्जीले ८८०, खुल्ला सदस्यहरुमा सोमनाथ राईले ८९० र उदयबहादुर खत्रीले ९०३ मत ल्याएर विजयी भएका हुन् ।
इलाम नगरपालिकाको वडा नम्बर ४ (साबिक बरबोटे ४, ५, माईपोखरी १–३) मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । काङ्ग्रेसका तर्पmबाट नुतनदेव दुलालले ७१८ मतसहित विजयी भएका हुन भने एमालेका श्यामकमल मुखियाले ६१६ मत प्राप्त गरेका छन् । महिला सदस्यमा सिता बरालले ६८७, दलित महिला सदस्यमा शुशिला विकले ६८३, खुल्ला सदस्यहरुमा विष्णु सुब्बाले ७१५ र ज्ञानेन्द्र निरौलाले ६७८ मत ल्याएर विजयी बनेका छन् ।
इलाम नगरपालिका वडा नम्बर ५ (साविक बरबोटे १–३, ६–९)मा एमालेको प्यानल विजयी भएको छ । नेपाल पत्रकार महासंघ इलाम शाखाको कार्यसमिति सदस्यसमेत रहेका ठाकुरनारायण श्रेष्ठले इलाम नपा ५ को वडाध्यक्षमा विजय हासिल गरेका हुन् । उनी पत्रकार महासंघको सदस्यबाट राजीनामा गरेर यो निर्वाचनमा सहभागी भएका थिए ।
श्रेष्ठले वडाध्यक्ष पदमा १११२ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी पदम पौडेलले १०४६ मत प्राप्त गरेका छन् । एमालेका तर्पmबाट महिला सदस्यमा सितादेवी रिजाल १११७ मत, दलित महिला सदस्यमा दलिमाया घतानी १०८०, खुल्ला सदस्यहरुमा ग्रीष्म सुब्बा १०९२ र टंकबहादुर खत्री १०३४ विजयी भएका हुन् ।
इलाम नगरपालिका वडा नम्बर ६ (साविक इलाम नपा ८, ९) मा वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र एकजना खुल्ला सदस्य एमालेले तथा एकजना खुल्ला सदस्य काङ्ग्रेसले जितेका छन् ।
वडाध्यक्षमा एमालेका माधव भट्टराईले ७२७ मत ल्याएर विजयी भए भने काङ्ग्रेसका केदार मिश्रले ६०९ मत प्राप्त गरेका छन् । महिला सदस्यमा एमालेकी निरुमाया राईले ७२९, दलित महिला सदस्यमा सानु दासले ७२४, खुल्ला सदस्य १ मा काङ्ग्रेसका दुर्गा श्रेष्ठले ६२९ र खुल्ला सदस्य २ मा एमालेका धनबहादुर श्रेष्ठले ६७० मत ल्याएर विजयी भएका छन् ।
इलाम नगरपालिका ७ को मत गणना सम्पन्न भएको छ । मत परिणाम अनुसार वडाध्यक्षमा नेपाली काङ्ग्रेसका नरेश श्रेष्ठले ७४८ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुमन श्रेष्ठले ७२९ मत ल्याएका छन् । 
महिला सदस्यमा एमालेकी इन्दिरा पौडेलले ७२२ मतसहित विजयी भएकी छिन भन् महिला सदस्यमा उठेकी काङ्ग्रेसकी रिना घिमिरेले ७१६ मत पाएकी छिन् । दलित महिला सदस्यमा काङ्ग्रेसकी बसन्ती घतानीले ७६० मतसहित विजयी भएकी छिन् । खुल्ला सदस्य १ मा काङ्ग्रेसकै केशवप्रसाद खत्री ७०९ मतसहित र खुल्ला सदस्य २ मा एमालेका सञ्वि राई ७७४ मतसहित विजयी भएका छन् ।
इलाम नगरपालिकाको वडा नम्बर ८ को सम्पन्न भएको मत परिणाम सार्वजनिक भएको छ । इलाम नपा ८ (साविक इलाम नपा ६,७) मा वडाध्यक्षमा काङ्ग्रेसका होम बस्नेतले ९०९ मत ल्याएर विजयी बनेका हुन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार तिलक ठकुरीले ८५८ मत ल्याएका छन् । वडासदस्यहरु महिला गोमादेवी आचार्य (८८१), दलित महिला सीता नेपाली (८७४) तथा खुल्ला सदस्य १ डाकप्रसाद दुलाल (८६९), श्रीबहादुर तामाङ (८६९) गरि ४ जना नै एमालेले जितेको छ ।
इलाम नगरपालिकाको वडा नम्बर ९ (साविक इलाम नपा ३, ४, ५) मा एमालेको प्यानल विजयी भएको छ । एमालेका तर्पmबाट वडाध्यक्ष श्यामकृष्ण घिमिरेले १२६० मत ल्याएर उनीसहितको प्यानल विजयी भएको हो । घिमिरेले काङ्ग्रेसका गोपाल चौहानलाई हराएका हुन् । गोपालले १०२१ मत ल्याएका थिए । वडासदस्यहरुमा एमालेकै तर्पmबाट महिला सदस्य कमला दहाल (१३२३), दलित महिला सदस्यमा सीता मुङ्ग्राती (१३३९), खुल्ला सदस्य १ मा रुद्र विष्ट (१२८२), खुल्ला सदस्य २ मा शेरबहादुर खड्का (१२९२) विजयी भएका छन् ।
इलाम नगरपालिका वडा नम्बर १० (साविक गोदक १–९)मा नेकपा एमालेको प्यानल विजयी भएको छ । त्यहाँ वडाध्यक्षमा एमालेका रोम लुङ्गेलीसहितको टिम विजयी भएको हो । वडाध्यक्ष लुङ्गेलीले ११८७ र काङ्ग्रेसका रिखिलाल गौतमले ९४० मत प्राप्त गरेका हुन् ।
इलाम नगरपालिका ११ (सोयाक १–९) को मतगणना सकिएको छ । यो बिहान ८ बजेको खबर हो । मतगणनाको अन्तिम परिणाम अनुसार वडाध्यक्ष र महिला सदस्य काङ्ग्रेसले विजय गरेको छ भने दलित महिला सदस्य र दुवै खुल्ला सदस्य एमाले विजयी भएको छ । वडाध्यक्षमा काङ्ग्रेसका रविन एक्तेनले ८१८ मत ल्याएर विजयी भए । एमालेका नरबहादुर मगरले ७९९ मत ल्याएका छन् । महिला सदस्यमा काङ्ग्रेसकी धनमाया लिम्बू ७८६ मत ल्याएर विजयी भइन् । उक्त पदमा एमालेले ४ मत कम्ती अर्थात ७८२ मत ल्याएको छ । दलित महिला सदस्यमा एमालेकी खेमकुमारी खातीले ८०० मत ल्याएर विजयी भइन् । सो पदमा काङ्ग्रेसले ७४८ ल्याएको छ । दुवै खुल्ला सदस्यमा एमालेका दिनेशकुमार फागो र भेषराज आचार्यले क्रमशः ८१८ र ८०८ मत ल्याएर विजयी बने । ती दुवै पदमा काङ्ग्रेसका उम्मेदवारले क्रमशः ५९० र ५५३ मत ल्याएका छन् ।
इलाम नगरपालिका १२ (साविक साङ्रुम्बा गाविस)मा नेपाली काङ्ग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएका छन् । सो वडाको राती ९ बजे सम्पन्न मतगणनाको नतिजा अनुसार काङ्ग्रेसका लाखमान लिम्बूले ७२४ मत ल्याएर विजयी भएका हुन् । एमालेले वडाध्यक्षमा ६७१ र माओवादी केन्द्रले ३२५ मत प्राप्त गरेको छ । 
सो वडाको महिला सदस्यमा काङ्ग्रेसकी प्रमिला लिम्बूले ७६६ मत, दलित महिला सदस्यमा कुमारी लुहागुनले ७८६ मत, खुल्ला सदस्यमा नरसिंह एक्तेन र भानुभक्त घिमिरेले क्रमशः ७४९ र ६९८ मत ल्याएर विजयी भएका हुन् ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...