समाचार

राम्रा ब्यक्तिलाई निर्वाचित गरौ“

२०७४ जेठ १८ बिहिबार गते ०९:१७ मा प्रकाशित

सरकारले सार्दै, सार्दै, सार्दै, सार्दै पछिल्लो पटक असार १४ गतेलाई स्थानीय तहको निर्वाचन तय गरेको छ । उक्त दिन हुने निर्वाचनको कार्यतालिका पनि निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । सरकार प्रमुख वा सत्तारुढ दलहरुका प्रमुखहरुलाई कुनै सनक चढेन वा उनीहरुको फाइदाका लागि कसैले कुनै कुरामा लोभ्याएन भने उक्त मितिमा चुनाव होला भन्ने अनुमान गर्नुपर्ने अवस्था छ, हामी नागरिकले । 
एउटा ब्यक्ति वा एउटा दल वा एउटा परिवारसरहको जमघटले राष्ट्रको निर्वाचन जस्तो कार्यक्रम सनकका भरमा केटाकेटीको खेलाँची पाराले सार्ने गरेको यथार्थका बीच हामी नागरिकले तोकिएको मितिलाई पनि अनुमान ठान्न बाध्य बनिसकेका छौँ ।
जे होस्, पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । जसोतजो दोस्रो चरणको निर्वाचन हुने नै छ । त्यसैले हामी पहिलो पटक संघीय संरचनामा गइरहेका बेला शुरुका जनप्रतिनिधी चुन्ने तरखरमा छौँ । ती जनप्रतिनिधीले बद्लिएको संरचनासँग सुहाउँदो गतिविधि सञ्चालन गर्दै स्थानीय तहको विकासमा सकारात्मक ढङ्गले लाग्नु पर्ने हुन्छ । 
हामी नागरिक राम्रो जनप्रतिनिधि खोजिरहेका छौँ । तर दलीय बाहुल्यता रहेको हाम्रो समाजमा दलका प्रतिनिधीहरु नै हाबी हुने भएकाले दलले त्यस्ता राम्रा जनप्रतिनिधीलाई उम्मेदवार बनाएका छन् कि छै्रनन् भन्ने कुरा प्राथमिकतामा पार्नु पर्ने आवश्यकता छ ।
कतिपय दलका त जिल्लास्तरीय नेताका आसेपासे, आफन्त, सहयोगी, आप्mनो गुटका अनि आपूmले भनेको मात्र मान्ने कार्यकर्तालाई मात्र उम्मेदवार बनाइएका पनि हुनसक्छन् । अबका जनप्रतिनिधी भनेका त्यस्ता ब्यक्ति जनतालाई चाहिएको होइन । 
एउटा नेताको वरिपरि हिँड्ने र उसकै मात्र अरनखटनमा चल्ने प्रतिनिधीले सर्वसाधारण नागरिकको भलाईका लागि काम गर्न सक्दैनन् । त्यसैले नागरिकले त्यस्ता उम्मेदवारलाई चिनेर पाखा लगाउने र राम्रा प्रतिनिधीलाई निर्वाचित गर्ने बेला यही हो ।
एक जुगमा एक दिन एक चोटी आउँछ भन्या जस्तै नेपालमा स्थानीय निकाय अर्थात तहको निर्वाचन नभएको लामो समयपछि यसपटक निर्वाचन हुँदैछ र आप्mनो ठाउँको विकास गर्ने जनप्रतिनिधी हामी यतिबेला चुन्दैछौँ । हामीले जीउने, कर्म गर्ने स्थानीय ठाउँको विकासका लागि हाम्रो होइन राम्रो जनप्रतिनिधी नै हामीलाई चाहिन्छ । 
त्यसैले यस पटकको स्थानीय तहको निर्वाचनमा नागरिकको चाहनाअनुसारको सकारात्मक विकासमा पाइला चाल्न सक्ने खालको ब्यक्तिलाई निर्वाचित गराऔँ, हाम्रो ठाउँको प्रबद्र्धन गरौँ, समयानुसार हाम्रो ठाउँलाई पनि विकसित बनाउँदै सकारात्मक परिवर्तनको लागि अगाडि बढौँ ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...