समाचार

फाल्गुनन्द गुफा र मन्दिरको संरक्षणमा युवाको सक्रियता

२०७३ कार्तिक २१ आइतबार गते १९:३६ मा प्रकाशित

फाल्गुनन्द गुफा र मन्दिरको संरक्षणमा युवाको सक्रियता

सन्दकपुर सम्बादाता
एकतप्पा, २१ कात्तिक :
 इलाम जिल्लाको पश्चिमी गाउँ एकातप्पामा रहेको ऐतिहासिक फाल्गुनन्द गुफा र श्री सिद्ध किराँत हाङ्साम युमा माङ्हिम मन्दिर संरक्षणमा स्थानीय युवा जुटेका छन् । आन्तरिक पर्यटक भित्र्याएर गाउँ विकास समितिको आम्दानी बढाउने उदेश्यले राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको नाममा रहेको यो ऐतिहासिक स्थानको संरक्षण गरिएको हो । २०७३ सालको तिहारमा देउसी भैलो कार्यक्रमबाट मात्र मंदिर निर्माणका लागि एक लाख ८२ हजार आर्थिक सङ्कलन भएको मन्दिर निर्माण समितिका अध्यक्ष पञ्च योङ्हाङले जनाएका छन् ।

एकातप्पाको वडा नम्बर ९ रुपाटारमा रहेको फाल्गुनन्द गुफा करिब ५० मिटर गहिराइ सम्म रहेको ऐतिहासिक गुफा मानिन्छ । किराँत धर्मगुरु महागुरु फाल्गुनन्दले तपस्या गरेको गुफाको रुपमा रहेको यो गुफाभित्र माटो पुरिएपछि माटो निकाल्ने र त्यसको संरक्षण शुरु भएको संरक्षण समितिका अध्यक्ष पञ्च योङ्हाडले जानकारी दिए  । गुफामा तीन लाख खर्च गरेर संरक्षण गरिएको छ । स्थानीय क्षेत्रमा किराँतहरुको बसोबास रहिआएको भएपनि धार्मीक स्थल नभएकाले यहाँको मन्दिर र गुफालाई व्यवस्थापन गर्न लागिएको स्थानीयहरुले बताए । गुफा छेउमा रहेको ऐतिहासिक किराँत मन्दिरको संरक्षणमा गाविसले दुई लाख १४ हजार, पर्यटन मन्त्रालयले एक लाख ९६ हजार र युवा समाजसेवी डम्बर खड्काले ४१ हजार रुपैया उपलव्ध गराएका छन् । यो मन्दिर निर्माण सँगै छेउमा रहेको किराँतेश्वर देवस्थल पनि व्यवस्थित पारिने बताइएको छ । किराँतेश्वर देवस्थलमा नाग आकारको एक ढुङ्गा रहेको तर यो चोरी भएपनि ओडार र ढुङ्गाबीच रहेको आकर्षक स्थल रहेको छ ।
किराँत समुदायको बसोबास रहेको यो क्षेत्रमा किराँत देवस्थल नभएको र यो ऐतिहासिक स्थानको संरक्षण भएमा धार्मीक सँगसँगै पर्यटकीय गन्तव्य बनाउन पनि सकिने गाविस सचिव निर्मल तिमल्सिना औँल्याउछन् । फाल्गुनन्द गुफा वरिपरि रहेको किराँतेश्वर देवस्थल आकर्षक आकृतिका ढुंगाहरु रहेको पाइन्छ । रुपाटारबाट जिल्लाका अन्य गाविसहरु गजुरमुखिधाम लगायतका स्थानहरुको अवलोकन गर्न सकिन्छ ।  
रुपाटार क्षेत्रमा थप भौतिक पुर्वाधार व्यवस्थापनमा युवाहरु क्रियाशील भएका छन् । विभिन्न अवसरमा जुट्ने युवाहरुले यो क्षेत्रमा सरकारको ध्यानाकर्षण आवश्यक भएको बताए ।  उनीहरुले पर्यटन क्षेत्रमा थप लगानी गरे मात्र आकर्षक गन्तव्यको रुपमा विकास गर्न सकिने बताए


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...