space for add
space for add

समाचार

हर्कटे कप नकआउट पूmटबल प्रतियोगिता हुने

२०७३ कार्तिक १८ बिहिबार गते १३:२८ मा प्रकाशित

सन्दकपुर संवाददाता
फिक्कल, १८ कात्तिक :
 सूर्योदय नगरपालिकाको हर्कटेस्थित दिपेन्द्रशिखर फुटबल क्लब र सिर्जना युवा क्यबको संयुक्त आयोजनामा यही कात्तिक २१ गतेदेखि प्रथम हर्कटे कप नकआउट पूmटबल प्रतियोगिता २०७३ सञ्चालन हुने भएको छ । प्रतियोगिता आयोजक कमिटीका सचिव मुकुन्द पौडेलका अनुसार प्रतियोगितामा नेपालका इलाम, झापा, मोरङ लगायतका जिल्ला र भारतको दार्जिलिङ, मिरिकबाट पनि सहभागिता रहनेछ । सूर्योदय नगरपालिकाकै हर्कटे नजिकैको कन्याम चियाबगानको बीचमा, मेची राजमार्गको छेउमा रहेको डुँडेगैरा खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा बिजेता टिमलाई (प्रथम पुरस्कार) ५० हजार, उपविजेता टिमलाई ३० हजार र तेस्रो हुनेलाई ३० हजार पुरस्कार राखिने जानकारी सचिव पौडेलले दिए । उनले भने, ‘हामी तयारीका क्रममा सहयोग जुटाउँदै छौँ, पुरस्कार रकम बढ्न पनि सक्छ ।’ आयोजक समिति अध्यक्ष श्रीप्रसाद खरेलका अनुसार नगद पुरस्कारसँगै ट्रफि, मेडल, प्रमाणपत्रको पनि ब्यवस्था गरिएको छ । विधाअनुसार उत्कृष्ट खेलाडीहरुलाईसमेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगिता एक टिममा नौ जना खेलाडी (नाइन साइड)को खेलाइनेछ । खेलमैदान केही सानो भएपनि नाइन साइडको प्रतियोगिता सञ्चालन गर्न पुग्नेगरि स्काभेटर प्रयोग गरेर मर्मत गरिएको सचिव पौडेलले बताए । आयोजक कमिटी यतिबेला प्रतियोगिताको तयारी तथा आर्थिक सङ्कलनमा जुटेको जनाइएको छ ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...