space for add
space for add

समाचार

स्कूसबाट लाखौ“ आम्दानी

२०७३ कार्तिक १० बुधबार गते १९:५३ मा प्रकाशित

स्कूसबाट लाखौ“ आम्दानी

सन्दकपुर संवाददाता
श्रीअन्तु, १० कात्तिक :
तरकारीको रुपमा प्रयोग हुने स्कूस उत्पादन र बिक्री गरेर पूर्वी इलामका श्रीअन्तु तथा समाल्बुङ गाविसका बासिन्दाले लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । यो सिजन(भदौदेखि)मा फल लाग्ने स्कूस फलाएर बेच्ने एकैजना कृषकले एक सिजनमा दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका हुन् ।
श्रीअन्तु २ कि कृषक गीता घिमिरेले यो वर्ष आपूmले लगाएको स्कूसको माचमा त्यति धेरै फल नलागेको भएपनि अहिलेसम्म एउटै माचबाट ५० मन भन्दा बढी बिक्री गरिसकेको बताइन् । गतवर्ष तीन सय मनको हाराहारीमा बिक्री गरेकी गीताले यसवर्ष प्रतिमन अढाइ सयदेखि तीनसय रुपैयाँमा बिक्री गरेको जानकारी दिएकी छिन् । 
गीताका श्रीमान ठहरनाथ घिमिरेका अनुसार गाउँमा एकै सिजनमा अढाइदेखि तीन लाखको स्कुस बेच्ने किसानहरु पनि छन् । उनीहरुले एक हजार मनसम्म स्कुस उत्पादन गर्ने गरेका छन् । 
श्रीअन्तु र समाल्बुङमा उत्पादित स्कुसको बजार भारतको मिरिक, दार्जिलिङ र सिलिगुडीसम्म हो भने नेपालको फिक्कल, इलाम र बिर्तामोडसम्म हो । यहाँ नेपाली र भारतीय दुवैतिरका ब्यापारी गाउँगाउँमै पुगेर पनि स्कुस खरिद गर्ने गर्छन् । त्यसका अलावा कृषक आपैmँले बजारसम्म पु¥याएर पनि बिक्री गर्ने गरेका छन् ।
भारततिर जाने स्कूस कृषक वा ब्यापारीले मेची खोलासम्म घोडा वा गाडिमा पु¥याउने गरेका छन् । त्यहाँबाट ठूला गाडिमा भारतीय बजारतिर ब्यापारीले लाने गरेको समाल्बुङ १ का कृषक नारद खड्काले बताए । उनका अनुसार नेपालपट्टि जाने स्कुस स्थानीय बजारबाटै पिकअपमा लोड भएर लग्ने गरिएको छ । 
कृषकले उत्पादन गरेको स्कुस घरबाटै बिक्री गर्दा प्रतिमन अढाइदेखि चार सय रुपैयाँसम्ममा प्राप्त गर्ने गरेका छन् । बजारसम्म पु¥याउँदा ढुवानी खर्च र केही नाफा पनि कहिलेकाँही हुने गरेको समाल्बुङकै कृषक हरि खड्का बताउँछन् । श्रीअन्तुकै तकपतमा घोडालाई स्कूस बोकाएर बिक्रीका लागि लाँदै गरेका अविनारायण आचार्य (तस्विरमा हेर्नुहोस्)ले यतिबेलाको भाउ प्रतिमन अढाइसय भएको बताए । उनले भने, ‘अहिले अढाइसय छ, कहिले काँही बढी पनि हुन्छ ।’
स्थानीय जनक उच्च माविमा कार्यरत समेत रहेका ठहरनाथका अनुसार श्रीअन्तु र समाल्बुङमा मात्रै स्कुसबाट वार्षिक करोडौँ रुपैयाँ भित्रिने गरेको छ । ‘यहाँबाट अनुमानित नै भन्नु पर्दा पनि भारत र नेपालका बजारमा करिब दुई लाख मन भन्दा बढी नै स्कूस जाने गरेको छ । त्यसरी हेर्दा पनि यहा“ स्कूसबाट करोडौँ रुपैयाँ भित्रिन्छ । 
श्रीअन्तुको छिरुवामा छोटी भन्सार कार्यालय रहेको भएपनि स्कूस निकासीको अभिलेख यहाँ नराखिने र भन्सार शुल्क पनि स्कुसबाट संकलन नहुने हुँदा प्रतिवर्ष कति स्कुस निकासी हुन्छ भन्ने तथ्याङ्क कहिँ पाइँदैन । रोपिएको स्कूसलाई बाँसको मचान बनाइदिए पुग्ने र गोडमेल तथा थप हेरचाहको झन्झट नहुने हुँदा स्कूस उत्पादनमा कृषकको आकर्षण बढ्दो छ । अन्तु समाल्बुङ क्षेत्र चिसो नै भएको हुँदा बेलाबेला मलखाद लगाएर पुग्दो मचान दिए फल टिप्न मात्र गए हुने स्कूसको बजार पनि सहज भएकाले कृषक यसको उत्पादनमा सन्तुष्ट देखिएका छन् ।
स्थानीय धनकुमार आलेले भने, ‘जति फलाए पनि बिकिहाल्छ । जति रोप्छु भनेपनि फलिहाल्छ । यसमा झण्झट पनि छैन । यहाँका कृषकको राम्रो आम्दानीको स्रोत बनेको छ स्कुस ।’ अन्तु समाल्बुङ जस्तै पूर्वी इलामका सूर्योदय नगरपालिकासहित गोदक, कोल्बुङ, जिर्मले, पशुपतिनगर गाविसमा पनि धेरै स्कूस उत्पादन हुने गरेको छ । यी गाविसको बजार भने नेपालकै चारआली र बिर्तामोड रहेको छ ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...