समाचार

खुट्टा नभएकी महिलालाई इलाम अस्पतालको सहयोग

२०७३ भदौ २६ आइतबार गते २०:३३ मा प्रकाशित

खुट्टा नभएकी महिलालाई इलाम अस्पतालको सहयोग

सन्दकपुर संवाददाता
इलाम, २६ भदौ :
जिल्ला अस्पताल र गाउँको स्वास्थ्य चौकीमा सेवा नपाएपछि पाँचथर ओयाम ४ की २० वर्षीया जुना राईले बच्चा जन्माउन झण्डै हप्ता दिन कुर्नु प¥यो । जन्मजात दुवै खुट्टा नभएकी जुना राईलाई सुत्केरी वेथा लागेपछि गाउँबाट एक दिनको पैदलपछि पाँचथर जिल्ला अस्पताल पु¥याइएको थियो । तर दुवै खुट्टा नभएकी अपाङ्ग महिलालाई सुत्केरी गराउन चुनौति देखेपछि चिकित्सकहरुले बाहिर ठूलो अस्पताल लान सुझाव दिए । सुत्केरी गराउन धेरै टाढा जाने आर्थिक क्षमता नभएकी राईलाई उनका पति सन्तोष राईले इलाम अस्पतालमा भर्ना गरे । 
शुरुमा त इलाम अस्पतालमा पनि सेवा नपाइने चिन्ता उनीहरुमा थियो । आर्थिक अवस्था नभएपछि त्यहाँ नै राख्ने परिवारको सोच थियो । अस्पतालमा डाक्टर भएकोले पनि उनीहरुलाई हौसला मिलेको थियो । तर शुरुमा त इलाममा पनि बाहिर जान सल्लाह दिँदा उनीहरुले मानेनन् । बरु घरमै फिर्ता लाने परिवारका सदस्यले बताएपछि अस्पतालका चिकित्सकहरुमा पनि दया पलाउन थाल्यो । 
चुनौति पार लगाउने उद्धेश्यले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट समेतको टोली तयार भयो । सुत्केरी बेथा लागेको र इलाम अस्पतालमा दुई दिन बसेपछि उनले साधारण अवस्थामा नै बच्चा जन्माइन् । इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रभु शाहले दुवै खुट्टा नभएका कारण सुत्केरी हुँदा चुनौति हुने भएकाले जहाँतहिँ सुत्केरी गराउन समस्या हुने बताए । यस्तो अवस्थामा आफूले पनि पहिलो पटक चुनौति व्यहोरेको र भाग्यवश आमा र बच्चा दुवै सकुशल रहेको पनि उनले बताए  ।
आर्थिक अवस्था कमजोर भएकी ती महिलालाई अस्पतालले यातायात खर्च एक हजार रुपैयाँ, न्यानो झोला उपलव्ध गराएको छ । यस्तै अस्पतालले डिस्चार्ज भएपछि आइतबार नै पाँचथर फिदिमसम्म जान निःशुल्क एम्बुलेन्स सेवासमेत उपलव्ध गराएको छ । 
इलाम अस्पतालमा दुवै खुट्टा नभएकी महिलाले शिशु जन्माएको खबर फैलना साथ उनको अवस्था बुझ्न अस्पतालमा भीड लागेको थियो । अस्पतालका चिकित्सकहरुले सुत्केरी गराउँदाको अनुभव सुनाएका थिए । त्यो भन्दा अचम्म के थियो भने ती अपाङ्गता भएकी महिलाको जीवन साथी सन्तोष राईको उच्च मनोबल देखेर पनि मानिस दङ्ग थिए । सन्तोषले आफूले जुनालाई प्रेम विवाह गरेको बताएका थिए । जुनाले आफु अपाङ्ग भएपनि बच्चा सबलाङ्ग नै जन्माएकी छन् ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...