समाचार

सङ्घको अध्यक्षमा ढकाल निर्वाचित

२०७३ भदौ २६ आइतबार गते ०७:५७ मा प्रकाशित

दमक, २६ भदौ : दमक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजेन्द्र ढकाल निर्वाचित हुनुभएको छ । आज बिहान २ बजे सम्पन्न मतपरिणामअनुसार आफ्ना दुई प्रतिस्पर्धीलाई हराउँदै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । 
स्वतन्त्र प्यानल खडा गरी आएका अध्यक्षका उम्मेदवार ढकालले नेपाली काँग्रेससहितको संयुक्त लोकतान्त्रिक प्यानल र एमालेसहितको संयुक्त प्यानलका दुई सशक्त उम्मेदवारलाई पराजित गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसैगरी वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र प्यानलकै विमल खतिवडा विजयी हुनुभएको छ । त्यस्तै, प्रथम उपाध्यक्षमा गोपाल गुरागाईं विजयी हुनुभएको छ । द्वितीय उपाध्यक्षमा युवराज घिमिरे र ताराप्रसाद अधिकारी तृतीय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । यसैगरी, लेखा संयोजकमा गङ्गा ढकाल तथा लेखा सदस्यमा कृष्ण दाहाल र पारस आचार्य विजयी हुनुभएको छ । 
यसैगरी कार्यसमितिको दुई महिला सदस्यमा श्रेष्ठ प्यानलकी प्रजिता दङ्गाल र रमा लिम्बू निर्वाचित हुनुभएको छ । यसैगरी वस्तुगततर्फ पाँचजना सदस्यमा राजेन्द्र दङ्गाल, भेषराज धमला, ज्ञाननाथ पौडेल, टीका प्रसार्इं र तुलसी दङ्गाल विजयी हुनुभएको छ । यस्तै, छजना खुल्ला सदस्यतर्फ नवीनकुमार अग्रवाल, विमल नेपाल, राजु खड्का, दीपेन्द्र ढुङ्गेल, कृष्णराज दाहाल निर्वाचित हुनुभएको छ । सङ्घमा कुल मतदाता दुई हजार ४४८ रहेका थिए । रासस 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...