समाचार

इलाममा पर्यटक आगमन घट्यो

२०७३ भदौ २६ आइतबार गते ०५:३३ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २६ भदौ :
पर्यटन विकास तथा बिस्तारका लागि बर्षेनी लगानी वृद्धि गरेपनि जिल्लामा पर्यटक आगमनमा भने कमी देखिएको छ । 
जोरकलसस्थित पर्यटन सूचना केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्ष २०७१÷०७२ को तुलनामा गत आर्थिक वर्ष २०७२÷०७३ मा इलाम भित्रिने पर्यटकको सङ्ख्यामा कमी देखिएको हो ।
अघिल्लो वर्ष १६ हजार ८०० पर्यटक इलाम जिल्ला भित्रिएकोमा  गत बर्ष १४ हजार ८४० जना पर्यटक मात्र घुम्न आएका हुन् । तीमध्ये २०० भारतीय र १७ विदेशी पर्यटक रहेका छन् । 
नाकाबन्दी, मधेस आन्दोलनलगायत अन्य कारणले पर्यटक प्रभावित भएको हुन सक्ने अनुमान केन्द्रका सूचना अधिकारी गगन घिमिरेको छ । साउनको अन्तिम साता २१२ र भदौ १५ गतेसम्ममा ४४४ जना पर्यटक जिल्ला भित्रिएको जानकारी उनले दिए । (रासस)


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...