समाचार

संस्थापक अध्यक्ष पुण्य शिवाकोटीसहित पाँचजना सम्मानित

२०७३ भदौ २६ आइतबार गते ०५:३२ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २६ भदौ :
इलाम बसपार्कस्थित इलाम दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष पुण्यप्रसाद शिवाकोटी सहित पाँच जनालाई संस्थाले शनिबार (भदौ २५) सम्मान गरेको छ । संस्थाको १७औँ साधारण सभाको अवसरमा जिविसमा सम्पन्न कार्यक्रममा सम्मानित हुनेहरूमा संस्थाका पूर्व व्यवस्थापक अर्जुन शिवाकोटी, पूर्व लेखापाल कृष्ण बस्नेत, पूर्व प्राविधिक प्रकाश लुइटेल र उत्कृष्ट शेयर सदस्य इलाम नगरपालिका ५ का दिलबहादुरबस्नेत, र इलाम नपा ९ का गणेशब बस्नेत छन् । उनीहरूलाई उत्कृष्ट काम गरेकोमा सम्मान गरेको संस्थाका सचिव राजेन्द्र चौहानले बताएका छन् ।
संस्थाका अध्यक्ष पर्शुराम सापकोटाको अध्यक्षता जिल्ला, पशु कार्यलय इलामका प्रमुख डा. पशुपति ढुङ्गानाको प्रमुख आतिथ्यता र जिल्ला पशु कार्यलय इलामका ध्रुवकुमार यादवको विशेष आतिथ्यतामा सम्पन्न सभामा सदस्य मेनुका दाहाले स्वागत मन्तब्य राखेकी थिइन् भने आर्थिक विवरण कोषाध्यक्ष नरेन्द्र शिवाकोटीले र नीति तथा कार्यक्रम सचिव चौहानले प्रस्तुत गरेका थिए ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...