समाचार

कस्तो ठाउँमा घर बनाएको छ ?

२०७३ भदौ २५ शनिबार गते ०७:२१ मा प्रकाशित

कस्तो ठाउँमा घर बनाएको छ ?

धर्म भण्डारी
यो त्रेतायुगको प्रसङ्ग हो । रामलाई बनबासको राज्य मिलेको थियो । कैकेइले रामलाई बनबास र भरतलाई अयोध्याको राज्य मागेकी थिइन् । त्यसैले बनबास जान राम तयार भए । आफ्नो पति बनबास जान लागेको सुनेपछि सीता पनि सँगै जान तयार भइन् । रामभक्त लक्ष्मणले दाजुसँगै जाने निर्णय गरे । राममी पत्नी सँगै हुँदा पति पत्नीमा बिछोड भएन । तर लक्ष्मणले आफ्नी पत्नी उर्मिलालाई सँगै लगेनन् ।
वनमा गएको केहि बर्षपछि एक दिन लक्ष्मणको विचारमा परिवर्तन आयो । रामसँग सीतासँगै छन् । मैले किन उर्मिलालाई छोडेर आएँ । विचरी मेरो प्रतिक्षामा बसेर रोइरहेकी होली । मलाई पिताजीले वन जान अनुरोध अथवा आज्ञा गरेको पनि होइन । अब मैले अयोध्या फिर्केर मेरी पत्नी उर्मिलालाई समाल्नु पर्छ । दिनभर लक्ष्मणलाई यस्तो भावना आयो । बेलुकाखेर त्यो ठाउँ छोडेर अन्तै गएपछि फेरी राम भक्तिको भावना आयो । अघिको भावना सबै हरायो । लक्ष्मणलाई नै अचम्म लाग्यो । आज मलाई किन त्यस्तो भावना आयो । त्यस्तो त मैले कहिल्यै सोचेको थिइन ।
बेलुका लक्ष्मणले दाजु रामलाई दिउँसो आफ्नो विचार परिवर्तन भएको अनि त्यो ठाउँ छोडेपछि फेरी आफ्नो स्वभाविक भावना आएको सबै कुरा सुनाए । अनि रामले भन्नुभयो । भाई तिम्रो दोष होइन त्यो ठाउँको दोष हो । त्यहाँ पहिला दुईवटा दैत्य एउटी स्त्रीको लागि आपसमा लडाइँ गरेर मरेको ठाउँ भएकोले तिमीमा त्यस्तो भावना आयो ।
अब द्वापर युगको प्रसङ्ग दाजु भाइक छोरा भएर पनि कौरब र पाण्डवमा मिलाप थिएन । सत्ता दुर्योधनको हातम थियो । दुर्योधनको प्रमूख सल्लाहकारमा उसको मामा दुष्ट स्वभाव भएको सकुनी थियो । दुष्ट सकुनीको सल्लाह बमोजिम आफ्नै काकाका छोरा पाण्डावलाई एकै ठाउँ डढाएर मार्नकोलागि लाहाको दरवार, एकान्त स्थानमा बनाउन लगायो । दुर्योधनको मन्त्री बैज्ञानिक बिदुर थिए । बिदुर सधैँ न्यायको पक्षमा थिए । उनीबाट कहिल्यै कसैलाई अन्याय हुँदैन थियो । बिदुर नीति भन्ने चलन अझैपनि छ । 
दुर्योधनले पाण्डवलाई स–सम्मान त्यो दरबारमा बस्न लगायो । डा.तिलक चैतन्य कथा भन्दा भन्नुहुन्थ्यो, ‘दुष्टले दया गर्यो भने डराउनु पर्छ । अब यसले कुन नियतले दया गरेको भनेर ।’ त्यस्तै दुष्ट दुर्योधनले पाण्डवलाई दया गर्यो किन, राती उनीहरू सुतेर निदाएको बेला आगो लगाएर कुन्ती सहित छ जनालाई डढाउन, लाहा अति बल्ने पदार्थ हो । तर बिदुर बैज्ञानिक थिए उनले ततकाल सुरुङ बनाएर छ जनालाईनै उद्धार गरे । बिदुरले उद्धार गरेको दुर्योधनले थाहा पाएन र राती त्यो लाहाको दरबारमा आगो लगाई दियो ।
बिदुरले बनाएको सुरुङको अर्को मुख जङ्गलमा थियो । त्यस्ता बैज्ञानिक थिए बिदुर । अझै पनि बिदुर जस्तो बैज्ञानिक हुनु भनेर दशैंमा आशिर्वाद दिने चलन छँदैछ । राती जङ्गलमा सुरुङबाट पुगेपछि, जङ्गलमै ओछ्यान लगाएर सुते । सबै सामान महाबली भिमसेनले बोकेकै थियो । केहि झकाउन मात्र थालेकी कुन्ती बर्बराउन थालिन् “अलिक बुढो बुढो बाबु खोज मलाई पनि हुन्छ । तिमीहरू पनि टुुहुरा हुँदैनौँ । युधिष्टिरले आमालाई निन्द्राबाट बिउँझाएर अघि के भन्नु भएको भनेर सोद्धा कुन्तीलाई थाहा नै छैन । त्यसपछि सबै त्यो ठाउँ छोडेर अर्कै ठाउँमा गएर सुते । युधिष्टिरले पहिला सुतेको ठाउँको अलिकति माटो बोकेको थियो । दोस्रो ठाउँ कुन्ती बर्बराइनन् तेश्रो रात युधिष्टिरले बोकेको माटो छरेर त्यसमाथि आमा कुन्तीलाई सुत्न लगाए निदाएपछि कुन्ती फेरी त्यसरी नै बर्बराउन थालिन् ।
पछि युधिष्ठिरले पत्ता लगाए त्यो ठाउँ धेरै पहिले चरित्रहिन चेलीहरूको देह व्यापार गर्ने ठाउँ रहेछ । मानिसको भावनामा मानिसको चरित्रमा भूमिले पनि ठूलो प्रभाव पार्दछ । म सानो हुँदा मेरो पिताजीसँग, घर बनाउन घडेरी हेरीदिनु भन्दै थुप्रै मानिस आउँथे । आफुले घरबनाउन आँटेको ठाउँ शुद्ध छकि छैन सबै जानेर मात्रै घर बनाउने चलन थियो । अचेल अलिकति अङ्ग्रेजी पढ्ने बित्तिकै पहिलाका सत्य चलनलाई कुरिति भन्न थाले । अचेल भूमिको पवित्रता हेरेर होइन सुविधा हेरेर मात्र घर बनाउन थालियो । सबै ठाउँ पवित्र मात्र हुँदैन यदि दुषित भूमिमा घर बनाएछौ भने हाम्रा नानीहरूको स्वभाव कस्तो होला उनीहरूको उन्नति हुन्छकि अवन्नति ? यदि दुषित भूमिमानै घर बनाएको रहेछ भने पनि त्यो भूमिलाई फेरि शुद्ध बनाउने तरिका छ । यदि शुद्ध पार्न चाहनु हुन्छ भने सतसंगमा आउनु होला सबै थाहा हुनेछ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...