समाचार

अदुवा पुनः निकासी हुनथाल्यो

२०७३ भदौ २५ शनिबार गते ०६:४५ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २५ भदौ :
  गत भदौ ६ गतेदेखि नेपाली अदुवामाथि भारतले लगाएको प्रतिबन्ध शुक्रबारबाट हटेको छ । यसबाट पुनः नेपाली अदुवा भारत निकासीको बाटो खुल्ला भएको छ ।
नेपाली अदुवामा विषादीको मात्रा देखिएको भन्दै भारतको केन्द्रीय खाद्य विभागले नेपाली अदुवाको भारत निर्यातमा रोक लगाएको थियो । तर, नमुना जाँचका लागि भारत लगिएको १० क्विण्टल अदुवामा कुनै विषादी नदेखिएपछि भारतले पुनः निर्यात खुला गरेको हो । 
नेपाली अदुवाको नमुना परीक्षणका लागि १० क्विण्टल अदुवा पठाइदिन भारतको खाद्य विभागले माग गरेपछि नेपाली व्यवसायीले सोही परिमाणमा अदुवा परीक्षणका लागि भारत पठाएका थिए । भारतले नेपाली अदुवा निर्यात रोकेपछि विशेष गरी पूर्वी नेपालका अदुवा किसान  र निर्यातकर्ता व्यवसायी मारमा परेको थिए । भारत निर्यात नहुँदा किसानले ठूलो क्षेत्रफलमा लगाएको अदुवा नै कुहिएर जाने अवस्था सिर्जना हुन लागेको भन्दै उनीहरू निर्यात खुलाउने पहल गर्न सरकारसँग माग गरिरहेका थिए ।
निर्यात खुकुलो भएसँगै पूर्वी पहाडि क्षेत्रको अदुवा शुक्रबारदेखि नै काँकरभिट्टा नाकातर्फ जान थालेको छ । बिब्ल्याँटेका अदुवा व्यवसायी कृष्ण पौडेलले काकरभिट्टा नाकाबाट शुक्रबार मात्र ४२ गाडि अदुवा भारततर्फ निकासी भएको जानकारी दिए । 
‘हाम्रो अदुवामा कुनै किसिमको विषादी नभएको प्रयोगशालाबाट प्रमाणित भएपछि निकासी सहज भएको हो’, उनले भने । चिनबाट अढाइसय कण्टेनर अदुवा नेपाल हँुदै मिसावटसहित भारतमा पुगेपछि भारतले यस्तो अवस्थाको अध्ययन गर्नका लागि अदुवा निकासी रोकेको थियो ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...