समाचार

अपरमाई हाइड्रो अपग्रेड : शेयर निष्कासनको तयारी

२०७३ भदौ २५ शनिबार गते ०६:४४ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २५ भदौ :
 ९ दशमलव ९८ मेगावाट क्षमताको अपर माई हाइड्रोपावर आयोजनाको अपग्रेट भइ १२ मेगावाट क्षमताको भएको छ । ऊर्जा मन्त्रालयले हालै १२ मेगावाट क्षमताको सञ्चालन अनुमति दिएपछि उक्त आयोजनाको अपग्रेड भएको हो । यता प्रवद्र्धक संस्था पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले २७ करोड ५० लाख रुपैयाँको साधारण शेयर निष्कासन गर्नका लागि एन सि एम मर्चेण्ट बैङ्किङ लिमिटेड र नविल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेडसँग शेयर निष्कासन तथा बिक्री प्रवन्धकको सम्झौता गरेको छ । 
पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका बरिष्ठ प्रशासन व्यवस्थापक शंकरमणी प्रधानले अपर माई आयोजना शुरुदेखि नै १२ मेगावाट क्षमताको रहेको र सबै स्ट्रक्चर १२ मेगावाट क्षमताको रहेको जानकारी दिए । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिदबित्रीm सम्झौता समेतका आधारमा नौ दशमलव ९८ मेगावाट रहेको भएपनि अब भने उक्त नयाँ सम्झौताले आयोजना अपग्रेड भइसकेको उनले बताए । निर्माण चरण पार गरी  गत जेठ २५ गतेबाट व्यवसायिक विद्युत उत्पादन शुरु भएको आयोजनाबाट हाल १२ मेगावाट विद्युत उत्पादन भइरहेको छ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आयोजना निर्माण सकिएपछि प्रभावित र सर्वसाधारणका लागि शेयर निष्कासनको तयारी समेत गरेको छ । कार्यकारी निर्देशक सन्तोष कुमार प्रधानले बिहीबार एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेड र नविल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेका छन् । दुवै संस्था शेयर निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा रहेका छन् । प्रधानका अनुसार एक सय रुपैयाँ अङ्कित दरको २७ करोड  ५० लाख  बराबरको शेयर निष्कासनको तयारी भएको छ । यस अन्तर्गत स्थानीय प्रभावित क्षेत्रका बासिन्दाका लागि ११ करोडको शेयर निष्कासन गर्ने बताइएको छ । यस्तै सर्वसाधारणका लागि थप १६ करोड ५० लाख बराबरको शेयर निष्कासन गरिने भएको छ । 
पञ्चकन्या माई हाइड्रोपावरले थप छ दशमलव एक मेगावाट क्षमताको माथिल्लो माइ सी क्यास्केट आयोजना समेत निर्माण गरिरहेको छ । हाल उक्त आयोजनाको निर्माण अन्तिम चरणमा पुगिसकेको र उक्त आयोजना निर्माण अन्तिम भएसँगै शेयर निष्कासन गर्ने तयारी भएको बुझिएको छ । अपर माई आयोजना इलाम जिल्लाको माबु, माईमझुवा, र सुलुवुङ गाविसमा रहेको छ । यहाँबाट उत्पादित विद्युत गोदक स्थित सवस्टेसन मार्फत राष्ट्रिय प्रशारणमा जोडिएको छ ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...