समाचार

उद्यमशिलता विकास तालिम

२०७३ भदौ २५ शनिबार गते ०६:३७ मा प्रकाशित

सन्दकपुर संवाददाता
आमचोक, २५ भदौ :
 इलामको आमचोक गाविसमा अपाङ्गता भएका व्यक्तिहरूका लागि तीन दिवसीय उद्यमशीलता विकास तालिम शुक्रबार सम्पन्न भएको छ । करूणा फाउण्डेशन नेपालको हेरचाहका लागि उत्प्रेरणा परियोजनाको सहयोग तथा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति आमचोकको आयोजनामा सम्पन्न तालिममा अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको सदस्य गरी २० जनाको सहभागिता रहेको थियो । स्थानीयस्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी स्थानीयस्तरमै साना तथा घरेलु उद्योग स्थापना गरी स्वावलम्वन बनाउने उद्देश्यले आयोजित तालिमलाई उद्यम विज्ञ गोपाल पौड्यालले सहजीकरण गर्नुभएको थियो । तालिम लिएपछि सहभागीले पनि लघुउद्यम स्थापना गरी उद्यमी बन्न सकिने सहभागी खम्वसिंह पाण्डेले बताउनुभयो । तालिममा सिकेका विषयवस्तुलाई व्यवहारमा उतारी आगामी दिनमा उद्यम सञ्चालन गर्ने सहभागीले प्रतिबद्धता जनाए । तालिम समापन कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम फूएल, स्वास्थ्य चौकी ईञ्चार्ज सञ्जयकुमार शाह, स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा समाजसेवीले यो कार्यक्रम गाविसमा प्रभावकारी भएको बताएका छन् ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...