समाचार

घरेलु महासंघमा दिनेश श्रेष्ठ

२०७३ भदौ २५ शनिबार गते ०६:३१ मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २५ भदौ :
 नेपाल घरेलु तथा उद्योग महासंघ इलामको शुक्रबार सदरमुकाममा सम्पन्न विशेष साधारण सभाले अध्यक्षमा दिनेश श्रेष्ठलाई चयन गरेको छ । सभाले बरिष्ठ उपाध्यक्षमा लेखनाथ दाहाल, उपाध्यक्षमा गंगाप्रसाद घिमिरे, कोषाध्यक्षमा शुशिला मुखिया, सचिवमा कृष्ण राई, सहसचिवमा रेशम बराइली तथा सदस्यहरूमा मङ्गेश खत्री, दिपक गुरूङ, सुनिला नेम्बाङ, सिर्जना थापा, अनिला खड्का, तेजु चेम्जोङ, दिपक दाहाल चयन भएका छन् । केन्द्रिय प्रतिनिधीमा मोहनकुमार विष्ट, सुजता सुनुवार, टिका तामाङ चयन भएको सचिव कृष्ण राईले जानकारी दिएका छन् ।
महिला उद्यमीको सभापतिमा उमादेवी श्रेष्ठ, उपसभापति देवकुमारी लिम्वु, सचिव सर्मिला निरौला, सहसचिव राधाकुमारी खरेल, कोषाध्यक्ष शान्ति मगर, सदस्यमा सावित्रा पाण्डे, सञ्जु नेम्बाङ, मिना श्रेष्ठ, चेतना पौड्याल, दिलु तामाङ रहेका छन् । त्यस्तै केन्द्रीय प्रतिनिधिमा निशा थापा, सर्मिला श्रे्रष्ठ, स्वास्तिका श्रेष्ठ रहेको राईले बताए । घरेलु महासंघ इलामका वरिष्ठ उपाध्यक्ष छिरिङ तामाङको अध्यक्षतामा र केन्द्रिय उपाध्यक्ष एवम् प्रदेश नं. १ का अध्यक्ष राजेश पराजुलीको प्रमुख आथित्यतामा शुक्रबार आदिवासी जनजाती महासंघको सभाहलमा भएको भेलाको उद्घाटन सत्रमा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य ऋषी श्रेष्ठ, आदीवासी जनजाती महासंघ अध्यक्ष राजु राई, सञ्चारकर्मी धर्म गौतम, सुनचाँदी व्यवसायी संघका रेशम बराइलीले शुभकामना मन्तव्य राखेका थिए ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...